दैलेखबाट भाईको एसईई परिक्षा दिने दाई पक्राउ

दैलेखबाट भाईको एसईई परिक्षा दिने दाई पक्राउ परेका छन । आजबाट सुरु भएको एसईई परिक्षामा अनिवार्य अंग्रेजीको परिक्षा दिन आएका परिक्षार्थी नक्कली हुन भन्ने थाहा भएपछि प्रहरी कार्यालय दैलेखले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महावु गाउँपालिका-१, गैडाबाजका प्रेम न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिए । प्रहरीका अनुसार न्यौपाने गैडाबाजका मावि रानीवनका विद्यार्थी सुनिल प्रसाद जैसीको ठाउँमा परिक्षा दिएका थिए । आरोपित किशोर त्रिभुवन मावि दैलेखबजारका कक्षा १२ का छात्र हुन ।
मुखमा मास्क लगाई आएका र प्रवेश पत्रको फोटो पछि टाँसेको देखेर सोधिखोजी गर्दा पत्ता लागेको प्रहरीले जनाएको छ । त्रिभुवन माविमा एक जना नक्कली परिक्षार्थी भेटिएपछि विद्यालयले नै पत्र काटेर पठाएको छ । प्रहरीका अनुसार पक्राउ परेका छात्रलाई आवश्यक कानुनी कारवाही थालेको जनाएको छ ।