राधाकृष्णको मुर्ति चोरी गर्ने एकजना पक्राउ

साेमबार दिँउसाे राधाकृष्णको मुर्ति चोरी गर्ने एकजना पक्राउ परेका छन । थाक्रे गाउँपालिका- ३ मल्डुङ बस्ने ३८ वर्षीय सिताराम घिमिरेलाई सोमबार दिउँसो प्रहरीले राधाकृष्णको मुर्ति चोरीकाे अाराेपमा पक्राउ गरेको छ । प्रहरी चौकी महादेवबेशीका अनुसार सोही गाँउपालिका- ६ को महादेव बजारस्थित कुतकुते महादेवश्वर मन्दिरबाट राधाकृष्ण र गणेशको मूर्ति चोरी गरेको अभियोगमा प्रक्राउ गरिएको हो । घिमिरेले उक्त मन्दिरबाट राधाकृष्ण र गणेशको मूर्ति चोरी गरी फरार भएको भन्ने खबर पश्चात प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले उनलाई सोही ठाउँस्थित आग्रा खोलाबाट उक्त मूर्तिसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएकाे छ ।