बाँकेमा धारिलाे हतियार प्रयाेग गरी श्रीमतीकाे हत्या

बाँकेको कोहलपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन । कोहलपुर नगरपालिका वडा नम्बर १४ पर्वतिपुरको हेम्पाईप फ्याक्ट्रीमा काम गर्दै आएका बर्दियाको बाँसगढी ४ घर भएका वर्ष २२ का अनिल विकले श्रीमती शुसिला सुनारको हत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
धारिलो हतियारले पटक पटक प्रहार गरी गम्भीर घाइते भएकी सुनारलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ल्याइएको थियो । अस्पतालमा चेकजांच गरी आइसिजी गर्दा उनको मृत्यु भएको चिकित्सकले घोषणा गरेको प्रहरीले जनाएको छ ।
श्रीमान अनिल विकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिइसकेको छ । शवलाई शव गृहमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको विवरण आउन बाँकि रहेको पनि प्रहरीले बताएको छ ।