माटोको ढिस्कामा पुरिएर एक महिलाको निधन

डोटीमा माटोको ढिस्कामा पुरिएर एक महिलाको निधन भएको छ । आदर्श गाउँपालिका -२ की ६० वर्षीया भागादेवी ओझाको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए । ओझासंगै ढिस्कोमा पुरिएकी ५० वर्षीया पार्वती खड्काको उद्धार गरिएको छ ।
नयाँ वर्षका लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।
प्रहरी उपरीक्षक श्रीवास्तवका अनुसार घाइते खड्काको जिल्ला अस्पताल डोटीमा उपचार भैइरहेको छ । शनिबार मात्रै माटो खन्ने क्रममा ढिस्कोले पुरिएर शिखर नगरपालिका-९ का २१ वर्षीया निर्मला रोस्याराको मृत्यु भएको थियो । माटो लिन गएका अन्य तीन महिलालाई उद्धार गरिएको बताइएको छ । स्थानीयवासी नयाँ वर्ष नजिकिएसँगै घर लिपपोतका लागि रातो तथा कमेरो माटो बढी मात्रामा प्रयोग गर्दछन । मृतकलाई नयाँ बर्षकाे लागि घर लिपपाेत गर्न माटाे खन्ने क्रममा ढिस्का्ले पेरेकाे थियाे ।