मस्तिष्कका लागि हानिकारक हुन्छन यी चार खानेकुराहरु

मानिसको शरिरका सबैभन्दा महत्वपूणर् अंगहरुमध्ये एक हो मिस्तिष्क अर्थात दिमाग । सबै भन्दा पहिला दिमागलाई स्वास्थ्य र तेजिलो बनाउनका लागि सही पोषणको आवश्यकता पर्छ ।
हाम्रो स्वास्थ्यका साथै मस्तिष्कलाई कस्तो बनाउने भन्ने दैनिक रुपमा खाइने खानेकुरामा भर पर्छ
यद्यपि, केहि खाद्य पदार्थहरु छन्, जसले हाम्रो खाना खानु आवश्यक छ ।
आवश्यकता भन्दा बढी चीनी सेवनले दिमागलाई नोक्सान पुर्याउन सक्छ । विशेषज्ञका अनुसार दिमागलाई स्वास्थ्य राख्नका लागि कस्ता प्रकारका खाने कुरा सेवन गर्नु हुदैन ।
चीनीको सेवनले डाइबिटिजको खतरा उत्पन्न हुन्छ भन्ने बताइन्छ, तर अत्यधिक गुलियो खानेकुरा खानाले दिमागका लागि पनि नोक्सानदायक हुन्छ । त्यसले इन्सुलिन रेसिस्टेन्स हुन्छ नै, यसका साथै दिमागलाई पनि बेफाइदा पुर्याउँछ ।
क्याफीन
प्रायः मानिस चियाको सौखिन हुन्छन् । पानीपछि सबैभन्दा बढी पिउने भनेकै चिया हो । केहि मानिस नियमित रुपमा कफी पनि पिउँछन् । यी दुवैमा क्याफीनको मात्रा अत्यधिक हुने भएकाले यसको सीधा असर नर्व सेल्समा पर्छ, जसले निद्रा भगाउने काम गर्छ । लामो समय निद्रा नलाग्ने हुनु दिमागका लागि राम्रो हुँदैन ।
अत्यधिक छिट्टो खाना खानु
छिट्टो छिट्टो खाना खानाले पनि खाना राम्रोसंग पच्दैन, जसले दिमागमा सही मात्रामा न्यूरोट्रान्समिटर्स पुग्दैन । छिट्टो र धेरै खानाले प्रणालीले राम्रोसंग काम गर्न सक्दैन ,जसले स्मरणशक्तिमा कमी आउँछ ।
चिल्लो खानेकुरा
जुन मानिस आवश्यकभन्दा बढी खाना मन पराउँछ, त्यस्ता मानिस प्राय मोटोपना, हाई कोलेस्ट्रोल, डाइबिटीज, हाई ब्लड प्रेशर र हृदयघातको शिकार हुन्छन् । यसका साथै तेलयुक्त भोजनले हाम्रो मष्तिष्कमा पनि नोक्सान पुर्याउँछ । अत्यधिक मात्रामा तारेको र वोसोयुक्त खाद्य पदार्थ जस्तै प्रोसेस्ड फूड, फ्राइड फूडहरु दिमागको स्वास्थ्यका लागि पनि हानिकारक मानिन्छ ।