दैलेखमा फोर्स गाडी दुर्घटना, १३ जना घाइते

दैलेखको गुँरास गाउँपालिका २ तल्लो डुंगेश्वरमा यात्रु सवार फोर्स गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । सोमबार बेलुका करिव ६ बजे गाडी दुर्घटनामा परेको थियो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दिपक मगराठीका अनुसार भारत बाट सुर्खेत हुदै दैलेख जाँदै गरेको भे १ ख ४११४ नम्बर को गाडी माथिल्लो डुगेंश्वरको जिरो पोईन्ट नजिक गाडीको बे्रक फेल भएर रोकि राखेको मिनी ट्रकमा ठोक्किएको थियो ।

उक्त गाडीमा सवार १९ जना यात्रु मध्ये गाडी चालक सहित १३ जना घाइते भएको निरीक्षक मगराठीले लाईका खबरलाई बताए । उनका अनुसार यात्रुहरु सबै भारतको काँसीमा तिर्थ गरेर फर्किएका हुन । गम्भिर भएका घाइते गाडी चालकको कर्णार्ली प्रदेश अस्पतालमा उपचार भैरहेको छ भने अन्य घाइतेहरुको दैलेखको जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।
घाइतेहरुको परिचय खुल्न बाँकी रहेको उनले बताएका छन् ।