ट्याक्टरको ठक्करबाट हिल्सा यातायात प्रालिका अध्यक्ष शर्मा गम्भिर घाइते

सुर्खेत
बुधबार साँझ मंगलगढी नजिक लाटिकोइली जाने बाटोमा ट्याक्टरको ठक्करबाट हिल्सा यातायात प्रालिका अध्यक्ष जीवन शर्मा गम्भिर घाइते भएका छन् । अध्यक्ष शर्माका अनुसार आफ्नै दिशामा हिडिरहेको स्कुटीलाई अर्को साइडमा रोकी राखेको ट्याक्टरले एक्कासी मोडेर ल्याएर स्कुटीलाइ ठक्कर दिएको थियो । ठक्कर दिने लु १ च ४२५५ नम्बरको ट्याक्टर र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
वीरेन्द्रनगर नगरपालिका वडा नं.९ का सदस्य समेत रहेका शर्मा र उनकी श्रीमती नन्दकला शर्मा पुस्तक लिन वीरेन्द्रनगर बजारमा जाने क्रममा उक्त दुर्घटना भएको हो ।
दुर्घटना भएलगत्तै नजिकै रहेका वीरेन्द्रनगर ९ का वडा अध्यक्ष सुरेश मानन्धर सहितको टोली र स्थानियले ट्याक्टरको मुनी च्यापिएको अवस्थामा रहेका शर्मालाइ ट्याक्टरबाट निकालेर उद्दार गरेका थिए ।
वडा अध्यक्ष मानन्धरका अनुसार घटना शंकास्पद देखिएको छ । उनले भने आफ्नै साइडमा हिडिरहेको स्कुटीलाइ घुमाएर आएर किन ठक्कर दियो ? छानविन गर्नुपर्छ । अकस्मात हो या नियोजित हो छानविनका लागि प्रहरीलाइ अनुरोध गर्दछु ।
घाइते दम्पत्ती मध्य नन्दकला शर्मालाई उपचार पछी घर पठाइएको छ भने अध्यक्ष शर्मालाइ खुट्टाको अप्रेशन पछी कणर्ाली केयर अस्पतालमै राखेर थप उपचार भैरहेको छ ।