रुकुम पश्चिममा एमाले, काँग्रेस र माओवादीबिच झडप

नेकपा माओवादी केन्द्रको चुनावी सभामा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताहरूले हस्तक्षेप गर्दा झडप भएको छ । नेकपा माओवादी केन्द्रका कार्यकर्तालाई नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताहरूले कुटपिट गरेका छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिका- ७ मा माओवादी केन्द्रको चुनावी सभामा एमाले र काँग्रेसका कार्यकर्ताले माओवादीका कार्यकर्तालाई कुटेका हुन् । झडपमा एमाले र काँग्रेसका कार्यकर्ताहरूले […]

चितवनमा सन्दीपले प्रचण्डलाई भने, ‘छोरी गजबको पाउनु भएको छ’

मैले पहिले देखेको चितवन र अहिले देखेको चितवनमा परिवर्तन अवश्य पनि महसुस गरेको छु । म रेनु दिदीलाई रेनु दाहाल नभनिकन मात्र रेनु दिदी भन्न चाहान्छु । दाहाल भन्दा कताकता बुबासँगको सम्बन्ध जोडिएर आउँछ । तर म कमरेड प्रचण्डज्यूलाई के भन्न चाहन्छु भने ढुक्क हुनुस् । छोरी गजबको पाउनु भएको छ । म आजसम्म कुनै […]

५ वर्षमा एमाले नेतृत्वको सरकारले के-के गर्यो ? एमालेले उत्तर दिनैपर्छ: गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विगत ५ वर्षमा नेकपा एमाले नेतृत्वको सरकारले के-के काम गर्यो भन्ने कुराको जवाफ खोज्नुपर्ने जनाएका छन् । बिहीबार काठमाडौमा भएको कार्यक्रममा नेता थापाले २०७४ सालको स्थानीय र प्रदेश तथा संघीय निर्वाचनमा एमाले ठुलो पार्टी भएर सरकार बनाएपनि एमाले नेतृत्वको सरकारले के–के गर्यो ? भन्ने नै नरहेको बताए । मतदान गर्ने […]

ट्याक्टरको ठक्करबाट हिल्सा यातायात प्रालिका अध्यक्ष शर्मा गम्भिर घाइते

सुर्खेतबुधबार साँझ मंगलगढी नजिक लाटिकोइली जाने बाटोमा ट्याक्टरको ठक्करबाट हिल्सा यातायात प्रालिका अध्यक्ष जीवन शर्मा गम्भिर घाइते भएका छन् । अध्यक्ष शर्माका अनुसार आफ्नै दिशामा हिडिरहेको स्कुटीलाई अर्को साइडमा रोकी राखेको ट्याक्टरले एक्कासी मोडेर ल्याएर स्कुटीलाइ ठक्कर दिएको थियो । ठक्कर दिने लु १ च ४२५५ नम्बरको ट्याक्टर र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको […]

बर्दिबासमा नेकपा माओवादीको प्रतिबद्धताः वार्षिक पाँच सय भन्दा बढी युवालाई रोजगार दिने

महोत्तरी । नेकपा माओवादी केन्द्र बर्दिबासले आसन्न स्थानिय निर्वाचनको लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेकाे छ । बिहीबार एक कार्यक्रमकाे अायाेजना गरी स्थानीय तहमा निर्वाचित भएपछि पाँच वर्षसम्म गर्ने प्रतिबद्धता र पाँच वर्ष पछिका आधारहरू घोषणापत्रका माध्यमबाट सार्वजनिक गरेको छ । घोषणापत्रमा युवा स्वरोजगार र रोजगारलाई मुख्य प्राथमिकता दिइएको छ । वार्षिक पाँच सयभन्दा बढी युवाहरूलाइ […]

आयोगले काठमाडौंमा मतदान केन्द्रका अधिकृतहरूलाई निर्वाचनसम्बन्धी तालिम दियो

स्थानीय निर्वाचनका लागि मतदान अधिकृत र सहायक अधिकृतलाई निर्वाचन आयोगल तालिम दिएको छ । आयोगले काठमाडौंमा रहेका मतदान केन्द्रका अधिकारीहरूलाई तालिम दिइएको हो । तालिममा अधिकृतहरूलाई मतदानको समयमा आउनसक्ने सम्भावित समस्याका साथै मतदान कार्य सहज तवरबाट सञ्चालन सम्बन्धि तालिम दिइएको निर्वाचन आयोगले जनाकारी दिएको छ ।

कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य

सुर्खेत कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख तिलक परियारले बिहीबार राति १२ बजेदेखि लागू हुने गरि नवौं अधिवेशनको अन्त्य गरेका हुन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले बुधबार अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए । संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशनको अन्त्य गरिएको हो । नवौं […]

काठमाडौँबाट अहिले हवाईजहाजमा ओली सुदूरपश्चिम जादैँ, तीन ठाउँको आमसभालाई सम्बोधन गर्ने

प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (बिहिबार) सुदूरपश्चिम जादैँ छन् । स्थानीय तहको निर्वाचन अन्तर्गत चुनावी सभालाई सम्बोधन गर्न ओली सुदूरपश्चिम प्रदेश जान थालेका हुन् । बिहीबार कञ्चनपुर र कैलालीका तीन ठाउँमा चुनावी आमसभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरीएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका, कैलालीको धनगढी र बर्दगोरियामा आयोजना हुने आमासभाको […]

मोरङको सुन्दरहरैंचामा एमालेका उम्मेदवारको घर पछाडी प्रेसर कुकरमा शंकास्पद वस्तु फेला

मोरङ —सुन्दरहरैंचा नगरपालिकामा एमालेका उम्मेदवारको घर पछाडि प्रेसर कुकुरमा शंकास्पद वस्तु भेटीएको छ । सुन्दरहरैंचा ११ मा एमालेबाट वडा सदस्यका उम्मेदवार जीवनाथ ढकालको घर पछाडी प्रेसर कुकरमा शंकास्पद बस्तु भेटिएको जिल्ला प्रहरी मोरङका डिएसपी दिपक श्रेष्ठले जानकारी दिएका छन् । प्रेसर कुकरमा तार निकालेर राखेको अवस्थामा भेटिएको शंकास्पद वस्तुलाई स्थानीय प्रहरीले घेरा हालेर उक्त ठाउँमा […]

भरतपुरमा आज चुनावी आमसभा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

सत्तागठबन्धनले आज चितवनको भरतपुरमा चुनावी आमसभा गर्ने भएकाे छ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभा सम्बोधन गर्न बुधबार नै चितवन आइसकेका छन् । उनी चितवन पुगेपछि विमानस्थलबाट होटलसम्म जान निजी सवारी साधन चढेर गएका थिए । चुनावी प्रचारका कार्यक्रममा गएकोले निजी गाडी प्रयोग गरिएको देउवाको सचिवालयले बताएको छ । भरतपुर महानगरमा […]