रुकुम पश्चिममा एमाले, काँग्रेस र माओवादीबिच झडप

नेकपा माओवादी केन्द्रको चुनावी सभामा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताहरूले हस्तक्षेप गर्दा झडप भएको छ ।

नेकपा माओवादी केन्द्रका कार्यकर्तालाई नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताहरूले कुटपिट गरेका छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिका- ७ मा माओवादी केन्द्रको चुनावी सभामा एमाले र काँग्रेसका कार्यकर्ताले माओवादीका कार्यकर्तालाई कुटेका हुन् ।

झडपमा एमाले र काँग्रेसका कार्यकर्ताहरूले ढुंगा प्रहार गरेर वाईसियलका २ जना कार्यकर्तालाई घाइते बनाइदिएका छन् । ज्ञानबहादुर बोहरा र सुजन शर्मालाइ टाउकोमा चोटलागेको छ । सभामा एमाले र काँग्रेसका कार्यकर्ताले ढुंगा हानेपछि झडपको अवस्थामा सृजना भएको माओवादी केन्द्र कणर्ाली प्रदेश कमिटीका सदस्य धुर्वविक्रम बुढाथोकीले जानकारी दिएका छन् ।

माओवादीको सभामा गएर होहल्ला गर्न खोजेपछि उनीहरुलाई सम्झाउन गएका वाईसीयलमाथि ढुंगा प्रहार भएको धुर्वविक्रम बुढाथोकीले जानकारी दिएका छन् ।