५ वर्षमा एमाले नेतृत्वको सरकारले के-के गर्यो ? एमालेले उत्तर दिनैपर्छ: गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विगत ५ वर्षमा नेकपा एमाले नेतृत्वको सरकारले के-के काम गर्यो भन्ने कुराको जवाफ खोज्नुपर्ने जनाएका छन् ।

बिहीबार काठमाडौमा भएको कार्यक्रममा नेता थापाले २०७४ सालको स्थानीय र प्रदेश तथा संघीय निर्वाचनमा एमाले ठुलो पार्टी भएर सरकार बनाएपनि एमाले नेतृत्वको सरकारले के–के गर्यो ? भन्ने नै नरहेको बताए ।

मतदान गर्ने मतदाताले पनि त्यसको उत्तर खोज्नुपर्ने र एमालेले उत्तर दिनुपर्ने थापाले जनाएका छन् । ‘काठमाडौ कति सफा, सहज, के बनाउँछु भनेको थियो ? उत्तर दिनैपर्छ’ थापाले यो बहस काँग्रेसले तान्नुपर्ने समेत बताए ।

उनले गएको पाँच वर्ष खेर गएको पनि थापाले बताएका छन् । ‘यो खेर गएको ५ वर्षको जिम्मा कसले लिने भन्ने बहस काँग्रेसका साथीहरुले गर्नैपर्छ । यसको जिम्मा कसै न कसैले लिनैपर्छ’, थापाको भनाइ रहेको छ ।

‘५ वर्ष काठमाडौ चलाउने जिम्मा एमालेको रहेको थियो । अहिले काठमाडौ महानगरपालिकाको चुनाव हुदैँ छ । यो चुनावमा एमाले मत माग्न आउँदै गर्दा मैले यो गरेँ त्यो गरे भनेर आएको छ ? ५ वर्षपछि चुनावमा आउँदै गर्दा ५ वर्षअघि मेरो पार्टीलाई जिम्मा दिएका थियो, मैले यो यो गरेँ भन्नुपर्दैन ?’, थापाले प्रश्न गरेका छन् ।

उनले निर्वाचन जिताउने मतदाता भगवान सरह भएको भन्दै काँग्रेसले काठमाडौमा यो यो काम गर्ने भनेर एजेण्डावाइज उम्मेदवार बनाएको जानकारी दिएका छन् ।