काठमाडौँबाट अहिले हवाईजहाजमा ओली सुदूरपश्चिम जादैँ, तीन ठाउँको आमसभालाई सम्बोधन गर्ने

प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (बिहिबार) सुदूरपश्चिम जादैँ छन् ।

स्थानीय तहको निर्वाचन अन्तर्गत चुनावी सभालाई सम्बोधन गर्न ओली सुदूरपश्चिम प्रदेश जान थालेका हुन् ।

बिहीबार कञ्चनपुर र कैलालीका तीन ठाउँमा चुनावी आमसभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरीएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका, कैलालीको धनगढी र बर्दगोरियामा आयोजना हुने आमासभाको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले कञ्चनपुरका सचिव पल्लबराज भट्टले जानकारी दिएका छन् ।

उनका अनुसार काठमाडौँबाट अहिले हवाईजहाजबाट धनगढी अवतरण गर्ने ओली हेलिकप्टरमार्फत सुरुमा बर्दगोरियाको कार्यक्रममा सहभागी रहने छन् । त्यसपछि दिउँसो २ बजे कञ्चनपुरको बेलौरीस्थित खुलामञ्चमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने छन् । त्यसपछि उनी धनगढीमा भएको कार्यक्रमलाई सम्बोधन गर्न जाने कार्यक्रम तय भएकाे छ ।

ओलीले विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्ने कार्यक्रम पनि रहेको छ । ओलीको कञ्चनपुर भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।