मोरङको सुन्दरहरैंचामा एमालेका उम्मेदवारको घर पछाडी प्रेसर कुकरमा शंकास्पद वस्तु फेला

मोरङ
सुन्दरहरैंचा नगरपालिकामा एमालेका उम्मेदवारको घर पछाडि प्रेसर कुकुरमा शंकास्पद वस्तु भेटीएको छ ।

सुन्दरहरैंचा ११ मा एमालेबाट वडा सदस्यका उम्मेदवार जीवनाथ ढकालको घर पछाडी प्रेसर कुकरमा शंकास्पद बस्तु भेटिएको जिल्ला प्रहरी मोरङका डिएसपी दिपक श्रेष्ठले जानकारी दिएका छन् ।

प्रेसर कुकरमा तार निकालेर राखेको अवस्थामा भेटिएको शंकास्पद वस्तुलाई स्थानीय प्रहरीले घेरा हालेर उक्त ठाउँमा कसैलाई जान दिएको छैन । नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगिसकेको प्रहरी श्रेष्ठले बताएका छन् ।

घर पछाडी बिहानै कुकर बम जस्तो वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको उम्मेदवार ढकालले बताएका छन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरी श्रेष्ठले बताएका छन् । कान्तिपुरमा समाचार छ ।