बिद्युतिय सवारी साधनका लागि सुर्खेतमा खुल्यो फास्ट चार्जिगं स्टेशन

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा चार्जिगं स्टेशन स्थापना गरिएको छ । हिमालदिप अटोमोवाईल्सका प्रोप्राईटर जिवन शर्माले एक कार्यक्रमको आयोजना गरी बिद्युतिय सवारी साधनका लागि फास्ट चार्जिगं स्टेशनको उद्घाटन गरेका हुन ।

पछिल्लो समय वीरेन्द्रनगरमा बिद्युतिय सवारी साधनको चाप बढदै गएको छ । प्राईभेट सवारी साधन र सार्वजनिक सवारी साधनका रुपमा बिक्री भएका बिद्युतिय गाडीहरुको चाप बढदै गैरहेको छ । सो कुरालाई मध्यजनर गर्दै चार्जिगं स्टेशनहरु पनी थपिदै गएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै हिमालदिप अटोमोवाईल्सका प्रोप्राईटर जिवन शर्माले लामो समय अगाडी देखी बिद्युतिय गाडीहरु बिक्री हुदै गएको र सवारीको चाप अनुसार चार्जिगं स्टेशनहरु कम भएको कारण यो नयाँ स्टेशन स्थापना गरिएको बताए । उनले भने हामीले बिद्युतिय गाडी बेच्दै आईरहेका छौ तर चार्जिगं स्टेशन कम भएका कारण गाडी बिक्रीमा केही कमी भएको थियो ।

उनले भने यो त सुरुवात मात्रै हो हामीले कर्णालीका अन्य जिल्लामा पनी तत्काल चार्जिगं स्टेशनको योजना बनाएका छौ । अब केही समय भित्रै दैलेखमा पनी चार्जिगं स्टेशन राखिने छ । त्यसपछी अन्य जिल्लामा पनी यो सेवा बिस्तार गरिने छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै संयूक्त यातायात ब्यावासायी संघ कर्णाली प्रदेशका संयोजक रमेश सापकोटाले डिजेल गाडीको बिकल्पमा बिद्युतिय गाडी आएको र ढिलो चाडो यसले बजार तताउने बताए । बिद्युतिय गाडी बढदै गएको र चार्जिगं स्टेशन कम भएको बेला स्थापना गरिएको नयाँ चार्जिग स्टेशनले यातायात ब्यावसायीहरुलाई राहत पुग्ने उनले बताए ।