जुम्लामा मरेको भेडाको मासु खाँदा एकै परिवारका ६ जना बिरामी

जुम्लामा मरेको भेडाको मासु खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन । जुम्लाको गुठिचौर गाउँपालिका-४ थामबाडा गाउँमा मरेको भेडाको मासु खाँदा एकै घरका ६ जना सिकिस्त बिरामी परेका छन । ति मध्ये तीन महिला तीन पुरुष रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.पुजन रोकायाले बताए ।
निर्देशक रोकायका अनुसार उनीहरुले विषालु घाँस खाएर मरेको भेडाको मासु खाँदा उनीहरु बिरामी परेको बताए । अहिले बिरामी ६ जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ल्याइएको छ ।
उनका अनुसार बिरामी हुनेमा ४० वर्षिय विष्णु बहादुर अधिकारी, उनकी श्रीमती कमलदेवी अधिकारी, छोरा सुर्य अधिकारी, छोरीहरू शुक्ष्मा अधिकारी र सावित्री अधिकारी तथा ज्वाइँ राजेश खत्री रहेका छन । उनीहरुको शरिरमा बिष छिटो फैलिएकोले अवस्था चिन्ताजनक रहेको बताउछन ।
उनीहरु सबैले बुधबार बिहान ९ बजेतिर मरेको भेडाको मासु खाएको आफन्त श्रीकृष्ण अधिकारीले बताए । उनले भने, ’भर्खर पलाउन लागेको विषालु घाँस खाएर मरेको भेडाको मासु खाँदा यस्तो भएको हो । पहिले यसतो भएको थिएन । मरेको भेडाको मासु खान्थ्यौँ । त्यही क्रममा उनीहरुले पनि खाए । तर बिरामी हुनुपर्‍यो ।’