घ्यू-तेल नखाँदा शरिरमा हुने असरबारे जान्नुहोस

पछिल्लो समय घ्यू र तेल स्वास्थ्यका लागि अस्वस्थ खाना को रुपमा चिनिने गरेको छ । प्राय मानिसहरुले घ्यू र तेल हटाउन थालेका छन् । तर, के साचिकै यो सेवन नगर्दा पनि शरीरमा समस्या हुन सक्छन । सबै मानिसहरुलाई यसको सेवन उपयुक्त छ छै । यसै सम्बन्धी जानकारी हेर्नुहोस ।

स्वास्थ्य विशेषज्ञ तथा डाक्टरको भनाईअनुसार तेल र घ्यूको सेवन पूणर् रुपमा बन्द गर्दा तपाईंको स्वास्थ्य खराब हुन सक्छ ।

साथमा यसले शरीरमा कमजोरी पनि महसुस हुन थाल्छ । घ्यू र तेल सेवन नगर्दा तपाईंलाई कमजोरी तथा थकान महसुस हुन सक्छ । साथमा यसले तनाव पनि ल्याउन सक्छ ।

घ्यूले शरीरमा फ्याट्सको मात्रालाई बढाउन सहयोग गर्छ । यस्तोमा शरीरमा यसको कमी हुँदा तपाईं कैयौं गम्भीर रोगको शिकार पनि हुन सक्नुहुन्छ ।

यदि तपाईं एकदमै धेरै पातलो हुनुहुन्छ भने घ्यू र तेल खान नछोड्नुहोस् । घ्यू र तेल खान छोडेमा तपाईंको तौल तीव्र गतिमा कम हुन थाल्छ ।

घ्यू तथा तेलका राम्रा तत्वहरुले मांसपेशीहरुमा कमजोरी हुन दिँदैन । यस्तोमा यसलाई पूणर् रुपमा छोड्नु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।

तर, यदि तपाईंलाई कोलेस्ट्रोल आदि कुनै समस्या छ भने घ्यू तेल कम खान सक्नुहुन्छ । साथमा तपाईं तेलको राम्रो विकल्प पनि खोज्न सक्नुहुन्छ ।

आफ्नो शरीरका लागि कुन तेल फाइदाजनक हुन्छ त्यो सेवन गर्न सकिन्छ । साथमा तेलको सेवन सबैले सीमित मात्रामा गर्नुपर्दछ । अत्यधिक सेवन गर्दा भने यसले हानी नै गर्दछ ।

आफ्नो शारीरिक अवस्था हेरेर घ्यू-तेल को प्रयोग गर्नुपर्छ ।