भर्ना अभियानलाई तीव्र बनाउदै बड्डिचौरको जनज्योति मावि

पढदै कमाउदै अभियान मार्फत नेपालभर चर्चामा रहेको श्री जन ज्योती माध्यामिक बिधालय बड्डिचौरले शैक्षिक सत्र २०८१ को भर्ना अभियानलाई तिब्र बनाएको छ । सबै बालबालिकाको बिध्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिस्चितता, भन्ने मुल नाराका साथ श्री जनज्योती मा.वि. बड्डिचौर सुर्खेतमा शैक्षिक सत्र २०८१ को लागि बैशाख २ गते देखि बालविकास देखि कक्षा १० सम्म बिध्यार्थी भर्ना खुल्ला गरिएको स्कुल सहायक प्रधानाध्यापक कमलराज आचार्यले जानकारी दिए ।

उनले भने सबै टोल र घरदैलोको कामलाई पनि निरन्तरता दिएका छौ । सबै अभिभावकलाई भनेको छौ अब सरकारी बिधालयमा भर्ना गर्नुस हामी गुणस्तरिय शिक्षालाई ध्यानमा राखेर अध्यापन गराईरहेका छौ ।

यो बिधालयले नेपालमै पहिलो पटक पढ्दै कमाउदै अभियान सुरु गरेको थियो । यसैको सिको गर्दै नेपालका धेरै बिद्यालयले पनी यो खालको अभ्यास गरिरहेका छन् । बिधालयले बालविकास देखि कक्षा १२ सम्म अध्यापन गराइरहेकाे छ र प्राविधिक तर्फ भेटेनरी जेटिय ३ बर्ष, बाली बिज्ञान ३ बर्ष, कृषि जेटिए १८ महिने र भेटेनरी जेटिए १८ महिने अध्यापन गराईरहेको छ ।