बजारमा पाइने सुई हालेको खरबुजा कसरी चिन्ने हेर्नुहोस

गर्मीयाममा प्रशस्त मात्रामा पाउने फलफुलहरु मध्ये खरबुजा पनि पर्दछ । गर्मीमा शितल दिने फल हो । यसलाई चिनेर मात्र खानु पर्दछ, किनकि बजारमा अहिले सुई हालेका खरबुजा पनि पाइन्छ । छिटो पकाउने सुईहरु लगाएका हुन्छन । खरबुजा रातो हुदैमा प्राकृतिक रुपमा पकाइएका हन्छन भन्ने सोच्नु हुन्न । यसता स्वस्थकर पनि हुदैन ।
उसो त सबै प्रकार फलफुलहरु राम्ररी चिनेर मात्र किन्नु पर्दछ । तर गर्मी मौसममा यसको अत्याधिक प्रयोग हुने भएकाले आज हामी प्राकृतिक रुपमा पकाइएका खरबुजा चिन्ने टिप्सहरु बारे जान्ने छौ । किनकि हामी खरबुजा हेर्दा मात्र रातो खाँदा रसिलो हुनु पर्छ भन्छौ । किन्दा पनि यही कुरा साध्छौ । हामीले अन्जानमा विष खाइरहेको पनि हुनसक्छ । बजारमा सुई हालेर रातो पारिएको खरबुजा बिक्री भइरहेको हुनसक्छ । रातो बनाउनका लागि सुई हालिएको खरबुजाले उल्टै क्यान्सर जस्ता रोग निम्त्याउन सक्छन् ।
खरबुजा रातो हुनु भनेको यो राम्ररी पाकेको सङ्केत हो । तर कलिलैमा टिपिएको खरबुजालाई पाकेको देखाउन वा मिठो छ भन्ने पार्न खरबुजामा सुई हाल्ने गरिएको छ भनेर हामीले बेला बेलामा सुन्दै आएका छौँ । खरबुजालाई रातो बनाउन सुईको सहायताले एरिथ्रोसिन केमिकल हालिन्छ ।
योभ नेको डाई जस्तै खालको रातो रंग हो । यो खान नहुने पदार्थ हो । तर यसलाई मिडाई, क्यान्डी र पेयमा समेत हाल्ने गरेको पाइन्छ । यो केमिकल फलमा प्रयोग गर्नु हुन्न । यस्तो खालको रंग हालिएको खरबुजाको सेवनले क्यान्सर जस्ता घातक रोग लाग्न सक्छ । आजको यस लेखमा हामीहरू सुई लगाइएको खरबुजा चिन्ने तीन वटा तरिकाबारे कुराकानी गर्न गइरहेका छौँ ।
१. पहेँलो दाग भएको खरबुजा छान्नुस् ः
हामी प्रायः चम्किलो वा पूरै हरियो भएको खरबुजा किन्छौँ । तर खरबुजा छान्दा पहेँलो दाग भएको छान्नु पर्छ । खरबुजा प्रायः माटोमाथि टुसुक्क बसेका हुन्छन् । यो हिस्सामा पहेँलो दाग बस्छ ।
२. घरमा खरबुजा ल्याएपछि काटेर हेर्नुस् । यदि खरबुजाभित्र ठुलो दरार देखिएको छ भने बुझ्नुस् यो खान लायक छैन । खरबुजामा सुई हाल्दा यस्तो दरार देखिन्छ ।
३. खरबुजालाई काटेर एउटा सानो टुक्रालाई पानीमा हालेर परीक्षण गर्नुस् । पानी तुरुन्तै रातो भयो भने बुझ्नुस् खरबुजामा इन्जेक्सन हालेर रातो पारिएको हो ।
४. खरबुजा काटेर कपासको सानो टुक्रालाई त्यसमाथि राखिदिनुस् । कपासमा रातो रंग सर्‍यो भने पनि बुझ्नुस् यो खरबुजा केमिकल हालेर पकाइएको हो ।
के हुन्छ एरिथ्रोसिन रसायन भएको खरबुजा खाँदा ? एरिथ्रोसिन रसायन हालिएको खरबुजा खाँदा वाकवाकी लाग्ने, बान्ता हुने, भोक नलाग्ने जस्ता समस्या हुन सक्छन् । लामो समयसम्म एरिथ्रोसिन सेवन गरिरहँदा थाइराइड, क्यान्सर जस्ता रोग निम्तिन सक्छ । त्यसैले खरबुजा किन्नु पहिले नै सावधान भएर मात्र किन्नु पर्छ । नत्र छोटो उमरे मै दिर्घ राेगहरुको सिकार बन्न पनि सकिन्छ