साउदी अरबको युवराजले शक्ति बढाउनका लागि गरे महत्वपूर्ण घोषणा

युवराज मोहम्मद बिन सलमानले विश्वव्यापी र स्थानीय स्तरमा साउदी अरबको प्रभाव विस्तार गर्ने उद्देश्यले अनुसन्धान(विकास र नवीनताको क्षेत्रका लागि नयाँ प्राथमिकताहरू घोषणा गरेका छन् ।

यसबारे साउदीको आधिकारिक समाचार एजेन्सी एसपीएले बताएका छन् ।

दुई दशकका लागि तय गरिएका यी प्राथमिकताको भिजन २०३० अनुरुप बनाइएका छन्, जसमा देशलाई स्वास्थ्य, वातावरणीय दिगोपना, ऊर्जा र उद्योगमा अग्रस्थानमा लैजाने र भविष्यका उदीयमान अर्थतन्त्रहरूमा लगानी गर्ने समावेश गरेका छन् ।

यी लक्ष्यहरू हासिल गर्न, अनुसन्धान, विकास र नवप्रवर्तन क्षेत्रहरूको पुनगठन भएको र युवराजको अगुवाईमा एक उच्च समिति पनि भएको छ । यो समितिले लक्ष्यलाई निगरानी र बजेट विनियोजनको अनुगमनका साथै यससँग सम्बन्धित कानुन र मापदण्ड पनि तय हुने भएको छ ।

यसबाट विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा हजारौं रोजगारीको अवसरको अपेक्षा राखेको छ ।
साउदी अरबले आफ्नो ठूलो ऊर्जा भण्डार प्रयोग गरेर विश्वव्यापी प्रवेश जारी राख्न चाहन्छ । यसका लागि यो देश सौर्य, वायुलगायतका वैकल्पिक ऊर्जाका नयाँ प्रविधिमा पनि काम गर्न इच्छुक छ ।

डिजिटल स्वास्थ्य सेवा प्रवर्द्धन गर्न र विश्वभरी नविन औषधि प्रविधि प्रदान गर्नुका साथै साउदी अरबले पानीको अभाव र खाद्य सुरक्षा सुधार गर्ने प्रमुख चुनौतीहरूको सामना पनि गरिरहेको छ । रातोपाटीमा समाचार छ ।