कान्तिपुर दैनिकका अध्यक्ष सिरोहिया पक्राउ

कान्तिपुर दैनिकका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन ।
मंगलबार उपत्यका अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको टोली सिरोहियालाई पक्राउ गर्न थापाथलीस्थित कान्तिपुर पब्लिकेशनको कार्यालयमा सादा पोसाकमा पुगेका हुन ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रविन्द्र रेग्मी, डीएसपी अनिल घिमिरे लगायत सिरोहियाको कार्यकक्षमा पुगेका छन ।

सिरोहियाविरुद्ध मंगलबार बिहान धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । सिरोहियाको नागरिकताबारेको विवादमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

जाहेरीमा सिरोहियाले फरक फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसुरमा छानमिन माग गरिएको हो ।