एम्बुलेन्सको ठक्करबाट पैदाल यात्री एक जनाको मृत्यु, २ जना घाइते

बुटवलको बेलवासमा पैदलयात्रीलाई एम्वुलेन्सले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । भने दुई जना गम्भीर घाइते छन ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्घाखाँचीबाट बिरामी लिएर बुटवल आउँदै गरेको जिल्ला अस्पताल अर्घाखाँचीको लु १ ज ५३१ नम्वरको एम्बुलेन्सले अाइतबार बिहान ५ बजे बुटवल उपमहानगरपालिका वडा नं १३ झोलुंगेपुल नजिकै ३ जनालाई ठक्कर दिँदा दुर्घटना भएको जनाएको छ ।


प्रहरीका अनुसार मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं ११ बस्ने कमला नेपाली छन भने बुटवल ११ कै ५५ वर्षीय हरिकला नेपाली र ३५ वर्षीय झुपा ठडराई घाइते भएको बताएको छ ।
एम्बुलेन्सको ठक्करबाट घाइते भएकाहरुलाई स्थानीयले तत्काल उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएका थिए । गम्भिर घाइते भएकी कमला नेपालीको उपचारको क्रममा विहान ५ः३४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न एम्बुलेन्स र चालक अर्घाखाँचीको पाणीनी गाउँपालिका-७ का नारायण बहादुर गव्तार मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँकि घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।