विभिन्न संघ संस्था को आयोजनामा टीकापुरमा बृहत रक्तदान कार्यक्रम

चैत २, सुर्खेत | आज विहवार नेपाल विद्यार्थी संघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुर कैलाली, नेपाल विद्यार्थी संघ सुदुरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय कार्यसमितिको संयुक्त आयोजना, नेपाल युथ रेडक्रस सर्कल सि.एन.आर.एम टीकापुरको सह-आयोजना तथा नेपाल युथ रेडक्रस टीकापुर उपशाखाको प्राविधिक सहयोगमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् […]

भेरिगंगा मेयर कपमा विजयी खेलाडीलाई वडा नं ९ ले गर्यो सम्मान

चैत्र २, सुर्खेत | पुर्बी सुर्खेतको भेरिगंगा नगरपालिकामा सम्पन्न भएको मेयर कपमा बिभिन्न स्थान हासिल गरेका भेरिगंगा नगरपालिका ९ नम्बर वडा भित्रका खेलाडीलाई आज एक कार्यक्रमका बीच ९ नम्बर को वडा कार्यालयले सम्मान गरेको छ। यहि फागुन २५ देखि भेरीगंगामा सुरु भएको मेयर कपमा ९ नम्बर का खेलाडीले बिभिन्न स्थान हासिल गरेका थिए। सम्मान कार्यक्रममा […]

आज नेपालले कसरि जित्यो विश्वकप लिग-२ को अन्तिम खेल ?

UAE ले ३११ को तार्गेट दियो तर नेपालले २६९ रन मात्र ल्याएर जित्यो। एक दिवसीय खेल शुरु भएको ९ घन्टामा खेल सक्नु पर्छ। प्रत्येक टिमले ५० ओभर बलिङ गर्न ३.५ घन्टा पाउछन, बाकि समय लन्च , ड्रीन्क्स र विकेट ब्रेकमा जोडिन्छ।आज पहिला UAE ले झेलि गर्‍यो, स्लो बलिङ गरेर, उस्को लक्ष्य भनेको जति सक्दो कम […]

युएईविरूद्ध भीम सार्कीले बनाए अर्धशतक

नेपालका युवा व्याटर भीम सार्कीले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् । बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी आइसिसी अन्तर्राष्ट्रिय क्रिकेट लिग-२ को खेलमा सार्कीले अर्धशतक बनाएका हुन् ।  उनको यो दोस्रो अर्धशतक हो ।यसअघि युएईविरुद्ध नै पहिलो अर्धशतक प्रहार गरेका थिए ।  उनले ६० बलमा अर्धशतक बनाएका हुन् । नेपालसमक्ष […]

दही खानुका यस्ता छन फाइदा

दही स्वास्थ्यका लागि निकै फलदायक मानिन्छ । दहीमा हुने रासायनिक पदार्थले गर्दा पाचन प्रक्रियालाई फाइदा पुर्याउँछ र अन्य रोगहरूमा पनि फाइदा गर्छ । दहीमा प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्व पाइन्छ । जसले गर्दा रोग प्रतिरोधक क्षमता बढाउन मदत गर्छ । दही नियमित खानुका फाइदा यस्ता छनःड्ड एलर्जीको समस्या कम गर्नेड्ड दहीले रगतको […]

दैलखमा १३०० बिरामीले लिए निशुल्क स्वास्थ्य सेवा

चैत २, दैलेख । दैलेखमा १ हजार ३०० बिरामीले निशुल्क स्वास्थ्य उपचार सेवा पाएका छन् । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, दैलेख अस्पताल र नारायण नगरपालिकाको आयोजनामा सञ्चालित पाँच दिने हार्डजोर्नी तथा नसा रोग शिविरमा बिरामीहरूले निशुल्क स्वास्थ्य उपचार सेवा पाएका हुन् । मिड सोलुसन फाउन्डेशन स्विट्जरल्याण्डको आर्थिक सहयोगमा शिविर सञ्चालन भएको हो । शिविरमा १ […]

कालिकोटको सुनथरालि बिमानस्थल पुग्न केबुलकार बनाईने

चैत २, कालीकोट । झन्डै चार दशक लगाएर निर्माण भएको बहुचर्चित कोटवाडा विमानस्थल पुग्न केबुलकार सञ्चालन गरिने भएको छ । सदरमुकाम मान्मको डाँडाबाट पारिपट्टि पर्ने कोटवाडाको डाँडो जोड्ने केबुलकार निर्माण गर्न सहरोकारवालाले पहल थालेका हुन । मान्मबाट कोटवाडा पुग्न पैदल ६ घण्टा र गाडीमा साढे २ घण्टा लाग्ने गर्छ  । २०४२ सालमा सर्भे भएर निर्माण थालिएको कोटवाडा […]

सन्दीपले दिलाए यूएईविरुद्ध नेपाललाई दोस्रो सफलता

चैत २, काठमाडौं । विश्वकप क्रिकेट लिग-२ मा यूएईविरुद्ध नेपालले दोस्रो विकेट हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि सन्दीप लामिछानले दोस्रो विकेट लिएका हुन् । उनले १६.२ ओभरमा कप्तान मुहम्मद वसिमलाई एलबीडब्लूआउट गरे । यससँगै एकदिवसीयमा सन्दीपको ९९ विकेट पूरा भएको छ । २.५ ओभरमा ललित राजवंशीले आर्यन […]

बिहीबार ताेलामा १ हजारले पुन बढ्याे सुनकाे मूल्य

 चैत २, काठमाडौँ । नेपाली बजारमा बुधबार स्थिर भएकाे सुनचाँदीको मूल्य बिहीबार पुन बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघलका अनुसार आज सुनको मूल्य ताेलामा १ हजार रूपैयालले बढेकाे हाे । यस्तै, बिहीबार छापावाला सुन प्रतितोला १ लाख ६ हजार ७ सय र तेजाबी सुन प्रतितोला १ लाख ६ हजार २ सय रुपौयाँमा कारोबार भईरहेको […]

कालिकोटमा ५ केजि नुन लिन २५०० खर्च गर्नुपर्ने

चैत २, कालिकोट | जिल्लाकाे नरहरिनाथ गाउँपालिका–४ रुप्साका गणेश बुढा बुधबार कालिकोटको खाँडाचक्र नगरपालिका–१ मान्म रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड कार्यालयमा नुन लिन आए। उनलाई कार्यालयले अहिले अभाव रहेको भन्दै जम्मा पाँच किलो नुन दियो । बुढालाई नरहरिनाथ गाउँपालिकाबाट मान्म बजारसम्म नुन लिन आउँदा तीन हजार भन्दा बढी खर्च लाग्यो। नरहरिनाथ गाउँपालिकाबाट मान्म आउन जान […]