भेरिगंगा मेयर कपमा विजयी खेलाडीलाई वडा नं ९ ले गर्यो सम्मान

चैत्र २, सुर्खेत | पुर्बी सुर्खेतको भेरिगंगा नगरपालिकामा सम्पन्न भएको मेयर कपमा बिभिन्न स्थान हासिल गरेका भेरिगंगा नगरपालिका ९ नम्बर वडा भित्रका खेलाडीलाई आज एक कार्यक्रमका बीच ९ नम्बर को वडा कार्यालयले सम्मान गरेको छ।

यहि फागुन २५ देखि भेरीगंगामा सुरु भएको मेयर कपमा ९ नम्बर का खेलाडीले बिभिन्न स्थान हासिल गरेका थिए। सम्मान कार्यक्रममा उपाधि प्राप्त गरेका खेलाडी लाई प्रमाणपत्र र खादा ओडाई टिका लगाएर सम्मान गरिएको थियो।

कार्यक्रम वडा अध्यक्ष प्रेम बहादुर आग्रिको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा ९ नम्बर वडा खेलकुद समितिका अध्यक्ष यान बहादुर केसीले खेलाडीको मेहेनत र खर्च अनुसारको पुरस्कार प्राप्त गर्न नसकेको गुनासो गरेका छन्। उनले भनेका छन् हामीले प्राप्त गरेको सबै पुरस्कार गरि जम्मा साढे तेस हजार प्राप्त गरेका छौ ,जबकि खेलको अवधिमा गाडी भाडा मात्रै २५,००० बढी खर्च भाको छ , खाना,नास्ता,ड्रेस,ब्याडमिन्टन,बल लगाएत गरि खेलाडीको करिब एक लाख बराबरको खर्च भएको छ तर नगरले जम्मा साढे तेइस हजार पुरस्कार दिएको छ त्यो हामि खेलाडी माथिको ठुलो अन्याय हो।

यस बिषयमा वडा अध्यक्ष तथा वडा सदस्यले तत्काल पालिकामा पहल गरि वा वडामा भएको बजेट बाट खेलाडीको मनोबल उच्च राख्ने काम गरोस। यता यस भन्दा अगि नगर खेलकुद बिकास समितिका अध्यक्ष समेत भएर काम गरेका वडा सदस्य ईश्वर पोख्रेलले खुला चौर वा सबैलाई सहज हुने ठाउमा खेल खेलाउनु पर्नेमा जंगल फडानी गरि खेल खेलाउदा सम्म पनि हामीले सहजै स्वीकार गरि खेलाडी पठाएका थियौ तर खेलाडीले पाएको पुरस्कारले आफु पनि सन्तुस्ट नभएको बताउदै मेयर कप जुन ठाउमा भएपनि खेलाडीले आफ्नो प्रस्तुति देखाउएकोमा धन्यबाद ज्ञापन गर्नु भएको थियो।

खेलाडीको खर्च अनुसार नगरले पुरस्कार तथा ब्यबस्थापन गर्न नसकेकोमा दुख ब्यक्त ब्यक्त गर्दै उहाले खेलाडीको गुनासो नगरपालिका सम्म पुर्यायर सम्बोधन गर्न लागि पर्ने समेत बताउनु भयो। यता कार्यक्रमको अध्यक्षता गर्नु भएका वडा अध्यक्ष प्रेम बहादुर आग्रिले मेयारकपमा अन्य सबै वडा भन्दा ९ नम्बर वडाका खेलाडीले धेरै विधामा उत्कृस्टता हासिल गरेकोमा धन्यबाद ज्ञापन गर्दै खेलाडीलाई चाहिने आबश्यक सामाग्रीको लागि वडा बात भए वडा बात र नभए नगरपालिका बाट भएपनि पुरा गर्न पहल गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भएको थियो।

सम्मान कार्यक्रममा मेयर कपमा संचालन भएका बिभिन्न खेलमा सहभागी भएका खेलाडी,वडा सदस्य ,वडा सचिब लगाएत स्थानीयको पनि उपस्थिति रहेको थियो ।