युएईविरूद्ध भीम सार्कीले बनाए अर्धशतक

नेपालका युवा व्याटर भीम सार्कीले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी आइसिसी अन्तर्राष्ट्रिय क्रिकेट लिग-२ को खेलमा सार्कीले अर्धशतक बनाएका हुन् । 

उनको यो दोस्रो अर्धशतक हो ।यसअघि युएईविरुद्ध नै पहिलो अर्धशतक प्रहार गरेका थिए ।  उनले ६० बलमा अर्धशतक बनाएका हुन् ।

नेपालसमक्ष युएईले ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।