कालिकोटको सुनथरालि बिमानस्थल पुग्न केबुलकार बनाईने

चैत २, कालीकोट । झन्डै चार दशक लगाएर निर्माण भएको बहुचर्चित कोटवाडा विमानस्थल पुग्न केबुलकार सञ्चालन गरिने भएको छ ।

सदरमुकाम मान्मको डाँडाबाट पारिपट्टि पर्ने कोटवाडाको डाँडो जोड्ने केबुलकार निर्माण गर्न सहरोकारवालाले पहल थालेका हुन ।

मान्मबाट कोटवाडा पुग्न पैदल ६ घण्टा र गाडीमा साढे २ घण्टा लाग्ने गर्छ  । २०४२ सालमा सर्भे भएर निर्माण थालिएको कोटवाडा विमानस्थल हाल कालोपत्र भए पनि जहाज आएको छैन ।

विमानस्थल पुग्ने भरपर्दो सडक नहुँदा सरोकारवालाले केबुलकार निर्माणमा जोड दिएको जिल्ला पूर्वाधार विकास कार्यालय प्रमुख इन्जिनयर रामचन्द्र बिसीले बताए ।

केबुलकार निर्माणका लागि काठमाडौंको रोप-वे एन्ड केबुलकार प्रालिले सर्भे, डिजाइनसहित डीपीआर निर्माण गरेर सोमबार सरोकारवालासँग अन्तरक्रिया गरेको छ ।

अन्तरक्रियामा कणर्ाली प्रदेश भौतिक पूर्वाधार मन्त्रीसहित कालीकोटका सांसद, स्थानीय तहका जनप्रतिनिधिसहित सरोकारवाला सहभागी थिए ।

मान्म कोटवाडा केबुलकार निर्माण भएपछि बहुआयामिक अवसर सिर्जना हुने र आर्थिक समृद्धको बाटोमा जान सक्ने कन्सलटेन्सीका प्रमुख गुणराज ढकालले बताए । ‘यो कालीकोटका लागि महत्त्वपूणर् परियोजना बन्न सक्छ,’ उनले भने ।

२ हजार १ सय ५७ मिटर लम्बाइ रहेको मान्म कोटवाडा केबुलकार ५ मिनेटमा पुग्न सकिने कन्सलटेन्सीका इन्जिनियर गणेशराम सिंकेमनले बताए । ‘रक (चट्टान) निकै कडा छ,’ उनले भने, ‘फाउन्डेसनका लागि लोकेसन पनि राम्रो छ ।’ उनका अनुसार लगानी जुट्न सके डेढ वर्षमा केबुलकार निर्माण गर्न सकिन्छ ।