बिहीबार ताेलामा १ हजारले पुन बढ्याे सुनकाे मूल्य

 चैत २, काठमाडौँ । नेपाली बजारमा बुधबार स्थिर भएकाे सुनचाँदीको मूल्य बिहीबार पुन बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघलका अनुसार आज सुनको मूल्य ताेलामा १ हजार रूपैयालले बढेकाे हाे ।

यस्तै, बिहीबार छापावाला सुन प्रतितोला १ लाख ६ हजार ७ सय र तेजाबी सुन प्रतितोला १ लाख ६ हजार २ सय रुपौयाँमा कारोबार भईरहेको महासंघले जनाएकाे छ ।

हिजाे बुधबार सुनचाँदीकाे मूल्य भने मंगलबारकै मूल्य प्रतिताेला १ लाख ५ हजार ७ सय र तेजाबी सुन प्रतिताेला १ लाख ५ हजार २ रूपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य ५ रूपैयाँले बढेकाे छ । आज चाँदीको मूल्य ताेलाकाे १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ । र मंगलबार चाँदीकाे मूल्य भने ताेलाकाे १ हजार ३०० रूपैयाँमा काराेबार भएकाे थियाे ।