सन्दीपले दिलाए यूएईविरुद्ध नेपाललाई दोस्रो सफलता

चैत २, काठमाडौं । विश्वकप क्रिकेट लिग-२ मा यूएईविरुद्ध नेपालले दोस्रो विकेट हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि सन्दीप लामिछानले दोस्रो विकेट लिएका हुन् ।

उनले १६.२ ओभरमा कप्तान मुहम्मद वसिमलाई एलबीडब्लूआउट गरे । यससँगै एकदिवसीयमा सन्दीपको ९९ विकेट पूरा भएको छ ।

२.५ ओभरमा ललित राजवंशीले आर्यन लाक्रालाई आउट गर्दै नेपालको लागि पहिलो विकेट लिएका थिए ।