रेखासँग जम्काभेटपछि बाबुरामले भने- नलाऊ माया दुईतिर भन्नेहरु तीनतिर पो भइयो !

फाईल तस्वीर

कठामाडौं । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्र्रिय विमास्थल नेता र सेलिब्रिटीको जक्सन बन्न थालेको छ । नेता र सेलिब्रिटीले यस्तो भेटघाटलाई मन माझ्ने थलो बनाइरहेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अभिनेत्री एवं नेतृ करिश्मा मानन्धर र अभिनेता राजेश हमालबीच गत साता भएको एयरपोर्ट भेट चर्चित रह्यो । यो भेटमा ओलीले हमाललाई क्याजुअल रुपमै भएपनि पार्टीमा आउन भनेको चर्चा छ ।
ओली-हमाल भेट भएको साता नबित्दै सोमबार बिहान विमानस्थलमा पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र अभिनेत्री एवं राप्रपा नेतृ रेखा थापाबीच अचानक भेट भएको थियो ।

तीन अलग राजनीतिक विचारधारा भएका यी चर्चित अनुहारको भेटलाई लिएर भट्टराईले सामाजिक सञ्जालमा कटाक्ष गरेका छन् । उनी लेख्छन्, ‘एयरपोर्टमा पुराना माओवादी सहकर्मीहरु वर्षमान पुन र रेखा थापासँग जम्काभेट । नलाऊ माया दुईतिर‘भनेर गीत गाउनेहरु तीनतिर पो भइयो भन्ने हाँसो पनि चल्यो ।’
कुनै बेला माओवादीमा रहेका यी तीनैजना अहिले भने अलग-अलग राजनीतिक दलमा छन् ।