स्थानीय तहको निर्वाचनमा २ करोड मतपत्र छापिने आयोगको घोषणा

निर्वाचनको एक महिनाअघि मतपत्र छापिने -
file photo

काठमाडाैं । आगामी बैशाख ३० गते हुने निर्वाचनमा निर्वाचन आयोगले २ करोड मतपत्र छाप्ने तयारी गरेको छ । निर्वाचन आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्यालले करिब १ करोड ७७ लाख मतदनता रहेकोमा मतदाता भन्दा करीब १० देखी १५ प्रसतिशत मतपत्र प्रकाशन गरीने जानकारी दिएका छन ।
मतपत्र छपाइकालागी जनक शिक्षा सामाग्री केन्द्र छलफलको प्रक्रिया अगाडि बढाइएको तर ठोष निणर्य भने नभइसकेको आयोगले बताएको छ ।
आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका तर राष्ट्रिय दलको मान्यता नपाएका ७३ दलको विभिन्न जिल्लामा रहेका उनीहरुको संगठनको चैत ६ गतेसम्म बिवरण माग गरेकोमा सो को रुजु भइरहेको जानकारी दिएका छन् ।
आयोगका अनुसार निर्वाचन आचार संहिता कार्यान्वयनका सन्र्दभमा देशका विभिन्न १५ स्थानमा कार्यक्रम आचार संहिता सचेतना कार्यक्रम सञ्चालन भइरहेको छ । मतदाता नामावली, परिचय पत्र निर्माण सामग्री छपाइका लागि ६ फर्मसँग सम्झौता भएको आयोगले जनाएको छ । यस्तै मतदाता शिक्षाका लागि निर्वाचन सामग्री उत्पादनका लागि विभिन्न फर्महरुको आवेदन लिएको र त्यसबारे अध्ययन भइरहेको छ ।