दलित सेवा संघ नेपाल शाखा कालिकोटको जिल्ला स्तरिय भेला सम्पन्न

चैत १३ ,कालिकोट । दलित सेवा संघ नेपाल, कालिकोट शाखाको जिल्ला स्तरिय भेला सम्पन्न भएको छ ।

प्लान इन्टरनेशनल नेपाल र दलित महिला संघ फेडो नेपालको सहयोग तथा दलित सेवा संघ कालिकोटको सहजिकरणमा कार्यक्रम भएको सम्पन्न भएको छ ।

दलित सेवा संघ कालिकोटका अध्यक्ष बसन्त सुनारको अध्यक्षता, केन्द्रिय सदस्य दान बहादुर विश्वकर्माको प्रमुख आतिथ्यता र दलित अधिकारकर्मी तथा अन्तरक्रिया कार्यक्रमका प्रशिक्षक बाले विश्वकर्मा र फेडो नेपालका कार्यक्रम संयोजक रमेश नेपालीको विशेष आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

जातमा आधारित भेदभाव उन्मुलनको प्रश्न सम्वन्धि सरोकारवालाहरु सँग एक दिने अन्तरक्रिया कार्यक्रम भएको हो ।

कार्यक्रममा दलितका सवाल,अधिकार र हकहितका विषयमा विषेश छलफल समेत भएको दलित सेवा संघका केन्द्रीय सदस्य दान बहादुर बिश्वकर्माले बताए ।

बाल अधिकार, दलित अधिकार, महिला अधिकार लगायत समाजमा हुने भिन्न कुरीती, कु-संस्कार जस्ता विषयमाथि प्रष्ट पार्दै यस्ता खाले कु-संस्कारलाई न्युनिकरण गर्नतिर सबै लाग्नुपर्ने फेडो नेपालका कार्यक्रम संयोजक रमेश नेपाली र कार्यक्रमका प्रशिक्षक बाले विश्वर्माको भनाई छ ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारी, जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक यज्ञराज जोशी लगायत जिल्ला स्थित दलित अधिकारकर्मी, नागरिक समाज तथा पत्रकारहरुको बाक्लो उपस्थितमा बृहत अन्तरक्रिया कार्यक्रम गरिएको कार्यक्रमका प्रशिक्षक बाले बिश्वकर्माले बताए ।

उक्त कार्यक्रमको संचालन दलित सेवा संघ नेपाल कालिकोटका सचिव रमेश सुनारले गर्नुभएको थियाे ।