बच्चालाई कती उमेरसम्म आमाबुवासंगै सुताउन जरुरी हुन्छ ? हेर्नुहाेस

विभिन्न देश अनुसार बालबालिकालाई सानै दखि फरक फरक तरिकाले सुताउने गरिन्छ । नेपाल भारत जस्ता देशहरुमा नै बच्चालाई सानोमा आमाबुवासँगै सुताउने चलन छ ।

विभिन्न विकसित देशहरुमा सानैदेखि बच्चालाई आमाबुवाबाट अलग सुताएको देख्न पाइन्छ । यसैबीच यस्तो प्रश्न पनि आउँछ के बच्चालाई बुवाआमासँग सुताउनु सही हो ? हो भने कुन उमेरसम्म बच्चालाई आफूसँगै सुताउनु पर्दछ ? यसबारेमा आज विशेषज्ञ डाक्टरका विचार जान्ने कोसिस गरौं ।

विशेषज्ञहरुको भनाईअनुसार सात वर्षको उमेरसम्म बच्चालाई अभिभावकसँग सुत्ने सल्लाह दिइन्छ । सात वर्षभन्दा कम उमेरका बच्चा बुवाआमासँगै सुत्नु राम्रो मानिन्छ । किशोरावस्था आउने बित्तिकै बच्चाहरुमा विभिन्न प्रकारका परिवर्तनहरु आउन थाल्छन् । यी परिवर्तनहरु शारीरिक तथा मानसिक दुबै प्रकारका हुन सक्छन् ।
कतिपय बच्चाहरु आफै पनि ठूलो हुँदै गएपछि बुवाआमासँग सुत्न अप्ठेरो वा लाज मान्ने गर्दछन् । यस्तो अवस्थामा बुवाआमाले उनीहरुको भावना बुझ्नुपर्ने हुन्छ । यदी तपाईंको बच्चा किशोरावस्थाको उमेरमा पुगेको छ भने उसलाई आफ्नो समय पनि दिनुहोस् । यो उसका लागि एकदमै जरुरी हुन्छ ।

बच्चालाई छुट्टै सुताउनुका पनि आफ्नै फाइदाहरु छन् । बच्चालाई एक्लै छुट्टै सुताउँदा उनीहरुमा आत्मनिर्भरता आउँछ । उनीहरुभित्र डरको भावना पनि हुँदैन । जब बच्चा एक्लै सुत्छन् उनीहरुमा निद्राको गुणस्तर पनि राम्रो हुन्छ । उनीहरुको शारीरिक तथा मानसिक विकास पनि राम्रो हुन्छ ।

बच्चालाई एक्लै सुताउनका लागि शुरुमा आमाबुवालाई असजिलो पनि लाग्न सक्छ । यस्तोमा यदी बच्चाको लागि छुट्टै कोठाको व्यवस्था छ भने शुरुका दिनमा उनीहरुको र आफ्नो कोठाको ढोका खोलेर सुत्ने गर्नुहोस् ।

तपाईं बच्चाको कोठामा क्यामरा राख्न पनि सक्नुहुन्छ । जसले गर्दा रातको समयमा तपाईंलाई बच्चाको क्रियाकलाप हेर्न मन लागेमा पटक पटक उनीहरुको कोठामा जानु पर्दैन ।

बच्चाहरुलाई आफैसंगै सुताउदा अविभावकलाई पनि ढुक्क तरिकाको निन्द्रा लाग्छ ।