जाल्पा सामुदायिक लघुवित्तद्धारा युवा वित्तिय सचेतना कार्यक्रम सम्पन्न

चैत १३, सुर्खेत । जाल्पा सामुदायिक लघुवित्त कार्यालय सुर्खेतले युवा वित्तिय सचेतना कार्यक्रम वीरेन्द्रनगर-१२, मा सम्पन्न गरेको छ ।

कार्यक्रमको सभापत्तीत्वमा प्रधान्ध्यापक खगेन्द्र थापा, अतिथिमा शिक्षक दिपक विष्ट र गमला विष्ट रहेका थिए ।

शाखा कार्यालय वीरेन्द्रनगरद्धारा सञ्चालन गरिएको यस कार्यक्रमको ग्लोबल मनि विक, २०२३ अन्र्तगत ‘लर्न, सेभ एन्ड अर्न तथा प्लान योर मनि, प्लान योर फ्युचर थिम’ भन्ने नारा रहेको लघुवित्त कार्यालय वीरेन्द्रनगरका अनुगमन प्रमुख कमल पौडेलले बताएका छन् ।

एक दिने युवा वित्तिय साक्षरता कार्यक्रम श्री अमर ज्योति नमुना उच्च माध्यमिक विद्यालयमा गरिएको हो ।

वित्तिय साक्षरता कार्यक्रमको सहजीकरण संस्थाका मुख्य व्यावस्थापक लोकमणी रेग्मीले गरेका थिए । उक्त कार्यक्रममा १०० जना विद्यार्थीको उपस्थिती रहेको थियो ।

सो कार्यक्रममा लघुवित्त कार्यालय वीरेन्द्रनगरका अनुगमन प्रमुख कमल पौडेल, शाखा प्रबन्धक पवन शर्मा र कर्मचारी प्रतिक शाहीको उपस्थिती रहेको थियो ।