बैतडीमा २४ वर्षीया अपाङ्ग महिलालाई बलात्कारको अभियोगमा एक पुरुष पक्राउ

फागुन १५, बैतडी । बैतडीमा २४ वर्षीया अपाङ्गता भएकी महिला बलात्कृत भएकी छन ।

२४ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा मेलौली नगरपालिका-७ का ५६ वर्षीय तारादत्त भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार अपाङ्गता भएकी महिलामाथि बलात्कार भएको भन्दै पीडित पक्षबाट उजुरी आएपछि भट्टलाई पक्राउ गरिएको हो ।

भट्टले आफ्नी छोरी, २४ वर्षीया अपाङ्गतामाथि बलात्कार गरिरहेको देखेको भन्दै पीडित महिलाकी आमाले प्रहरीसमक्ष उजुरी दिएकी छन् । पूणर् अशक्त अपाङ्गता भएको व्यक्तिको रुपमा राज्यबाट ‘क’ वर्गको प्रमाणपत्र पाएकी महिलामाथि भट्टले पटक-पटक बलात्कार गर्दै आएको खुलेको पनि प्रहरीले जनाएको छ ।

प्रक्राउ परेका भट्टलाई हिरासतमा राखि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।