कागुवा खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

कागुवा खाेलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । संखुवासभाको चिचिला गाउँपालिका वडा नम्वर-२ स्थित कागुवा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा सोहि स्थान बस्ने बर्ष २५ को छेम्बी शेर्पाको मृत्यु भएको हो ।

शेर्पाको घटनास्थलमा नै मृत्यु भएको हो । मृत्युको खबर प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय संखुवसभाबाट प्रहरी निरीक्षक राम कुमार लामिछाने सहितको अनुसन्धान टोली खटिगई प्रारम्भिक अनुसन्धान सम्पन्न गरेको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार घटना स्थलबाट प्रहरीले ब्याट्री, ईन्भटर तथा बिद्युतीय तार समेत बरामद गरेको जनाएको छ ।

घटना स्थल अनुसन्धान पश्चात उक्त शव जिल्ला अस्पताल खाँदबारी संखुवासभा पठाईएको थियो । पोष्टमोर्टम पश्चात मृतकको आफन्तलाई शव बुझाईएको प्रहरीले जनाएको छ । बाँकी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।