पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका-२ बट्टारस्थित सुलेरहमा शनिबार पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका-६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरी निरीक्षक मोहनकुमार खड्काका अनुसार पौडी खेल्न गएका ६ जना साथी मध्ये २ जनाको डुबेर मृत्यु भएको बताए दिए ।

उनका अनुसार अन्य चारजना सकुशल रहेका छन् । भने मृतक दुवैको शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखिएको बताए ।