दैलेखमा समाजसेवी स्व: देउमल कार्किको शालिक अनावरण

माघ ६, दैलेख ।

देउमल कार्किको परिचय

दैलेख जिल्ला हालको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा न.५ सितला,लेकडाडामा बि.स. १९८६ साल कार्तिक २८ गते जन्म भई २०५६ माघ ५ गते स्वर्गारोहण भएका समासेवी तथा शिक्षाप्रेमि स्वर्गीय: देउमल कार्की सानै उमेरमा आमाबाबुको न्यानो मायाममता बाट बन्चित हुनु भएको थियो।त्यसपस्चात सम्पुर्ण जिम्मेवारी उहाँको ठुलो बाबा देविराम कार्कीले सम्हाल्नु भयो र उहाँ लाई काखी च्यापी सानैमा भारतको सिम्ला लैजानु भयो र उहाँको सबै बाल्यकाल अनि शिक्षादीक्षा उतै भयो।भारतको सिम्लादेखी म्याट्रिक अर्थात एस.एल.सि उतिर्ण गरि बि.स.२००४ सालमा आफ्नै जन्मभुमि फर्किनु भयो।त्यो बेला हाम्रो गाउँठाँउमा कुनै विद्यालय थिएनन् ।उहाँ आएर एउटा् शैक्षिक अभियान संचालन गरि सुरुवाती केही समयसम्म आफ्नै घरमा गुरुकुल शिक्षा संचालन गरि स्वर्गीय शिक्षा प्रेमी आदरणीय गुरु तिलबिर सिंह घर्ति लगाएत,स्वर्गीय शिक्षाप्रेमी तथा समाजसेवि हर्क बहादुर शाही लगाएत थुप्रै ब्याक्तीहरुले उहाँको घरमा शिक्षा ग्रहण गर्नु भएको इतिहास सर्बबिबितै छ।त्यसपस्चात उहाँले जयदेब जम्बुकाध, मा.बि,धर्मदेब मा.बि आयरपाटा लगाएत अन्य ४७ वटा विद्यालय स्थापना गर्नु भएको थियो। उहाँकै शैक्षिक अभियानको प्रचारप्रसारले दैलेखको अन्य ठाँउमा थुप्रै विद्यालय स्थापना भए।यस लगाएत दैलेख जिल्लामा राजनीतिक जागरण अभियान,सामाजिक कुरुती र जातिय विभेद अनि अन्धबिश्वास, रुढीबादी परम्परा हटाउनुपर्छ भनी उहाँले चलाएको अभियानमा पनि अमुल्य योगदान रहेको छ।यस लगाएत उहाँ राजनीतिक क्षेत्रमा पनि एकदमै सक्रिय हुनुहुन्थ्यो जिल्ला पन्चायतको प्रधान देखि रास्टिय पन्चायत सदस्य समेत लड्नु भएको थियो ।

दैलेख जिल्लाको शिक्षाको ज्योती,एक जिउँदो इतिहास ,शैक्षिक जागरण अभियान्ता र निस्वार्थ समाजसेवि आदरणीय स्वर्गबासी हजुरबुबा :देउमल कार्किले समग्र दैलेख जिल्लामा पुर्याउनु भएको शैक्षिक र सामाजिक योगदानको कदर र सम्मान गर्दै उहाँको सम्झनामा हालको चामुन्डाबिन्द्रानैनी नगरपालिका वडा.न.५ कार्की डाडा चोकमा निर्मित अर्धकट सालिकको अनावरण र उहाँको २४ औ स्मृति दिवसको अवसरमा आज मिति २०७९ साल माघ ५ एक कार्यक्रमका बिच चामुन्डाबिन्द्रासैनी नगरपालिका दैलेखका नगर प्रमुख गणेश कुमार शाहिको हात बाट समुदघाटन सुसम्पन्न भयो।ढिलै भए पनि उहाँको सम्मान र सम्झनामा सालिक बन्यो खुसी लागेको छ।यो अधकटी सालिक स्थापनाको निमित्त सहयोग गर्नुहुने पुर्ब मेयर सुर्य शाहि,वडा न.६ का वडा अध्यक्ष बखत बहादुर बोहोरा, केशेन्द्र प्रकाश कार्की,भिम बहादुर कार्की लगाएत आर्थिक,नैतिक,भौतिक हरेक हिसाबले सहयोग गर्नुहुने तपाईंहरु सबै ब्याक्तित्व ज्यु हरुमा हार्दिक धन्यवाद र नमन गर्दै स्वर्गबासी आदरणीय हजुरबुबा देउमल कार्किको उच्च सम्मान र सम्झना गर्दै उहाँको आत्माको चिर शान्तिको कामना गर्दछु। उहाँ र उहाँको भौतिक शरीर हामिबिच नरहे पनि उहाँले समाज परिबर्तनका निमित्त गरेको योगदानले हामी सबै बिच उहाँको सम्झना जिवन्त र अबिस्मरणिय रहनेछ।

जन्म:१९८६/७/२८ गते ! मृत्यु:२०५६।१०/०५ गते

शिक्षा प्रेमी,समाजसेवी तथा राजनितीक र शैक्षिक अभियान्ता स्वर्गिय देवमल कार्किले दैलेख जिल्लामा शैक्षिक क्षेत्रमा गर्नु भएको योगदान र कार्यहरु।

  • दैलेख जिल्लाकै एस.एल.सि पास गर्ने प्रथम ब्याक्तित्व
  • जयदेब माध्यमिक विद्यालय जम्बुकाध स्थापना
  • धर्मदेब माध्यमिक विद्यालय आयरपाटा स्थापना र उहाँकै विशेष योगदानमा अन्य ४७ विद्यालयहरु स्थापना
  • राजनीतिक चेतनाको जागरण तथा प्रचारप्रसार
  • जातिय विभेद र सामाजिक अन्धबिश्वाश हटाउने अभियानमा सक्रिय भुमिका निर्बाह!
  • २०३३ सालको गाउँफर्क रास्ट्रिय अभियानको जिल्ला सदस्य,पश्चिम् आठबीस संयोजकको जिम्मेवारी बहन।
  • रास्ट्रिय पन्चायत सदस्यमा उम्मेद्बारी