निर्माण व्यवसायिकाे लापरबाही बर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे सडक

बिगत बर्ष देखि दुल्लुको मुल बाटो मध्य पहाडी सडक देखि चादनी चोक सम्म बर्षाको समयमा हिलाम्मे र हिउँदको समयमा धुलाम्मे हुने गरेको छ । पुर्बाधार बिकास कार्यलय दैलेखबाट  १० करोडको ठेक्का भएर काम हुँदा निर्माण ब्याबसयीको चरम लापरबाहीको कारण अझै पनि बाटोको अवस्था उस्तै छ । यो बर्ष पनि सामाजिक संजाल रंगीचंगी हुनेमा दुई मत छैन। बारम्बार निर्माण व्यावसायि संग फोन र भेटेर कामको गुणस्तर कायम र निर्धारित समयमै काम सक्न अनुरोध गर्दा पनि नेताको संरक्षक भएको कारण कुनै सुनुवाइ नभएको बताउछन्  दुल्लु ८ का वडा अध्यक्ष । कर्णाली प्रदेश भौतिक पुर्बाधार मन्त्रालय , जिल्ला प्रशासन कार्यालय दैलेख ,पुर्बधार बिकास कार्यलाय दैलेख र दुल्लु नगरपालिकाको समन्वय गरि अबिलम्ब १५ दिन भित्र काम सम्पन्न गर्ने वा ठेक्का प्रक्रिया रद्ध गरि मार्ग प्रस्सत गरिदिने बताए दुल्लुका अध्यक्षले ।