नेपालगंजमा दुर्घटना हुँदा चालकको मृत्यु


माघ ६, बाँके । बाँकेको नेपालगंजमा मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । नेपालगंज उपमहानगरपालिका १० गणेशमान चोकमा गएराति मोटरसाइकल दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक भारतीय नागरिक (अन्दाजी ४० वर्षिय) मोहम्मद यासिनको उपचारको क्रममा नेपालगंज नर्सिङ होममा गएराति नै मृत्यु भएको हो ।
नेपालगञ्ज बजारबाट जमुनाहतर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल राति साढे ११ बजे सडक डिभाइडरमा ठोक्किएको थियो ।