अपांग बालिकामाथि बलात्कार आरोपमा एक पुरुष पक्राउ

सिन्धुपाल्चोकमा अपांगता भएकी बालिकामाथि बलात्कार गरीएको आरोपमा एक जना पक्राउ भएको छ । सिन्धुपाल्चोककै सुनकोशी गाउँपालिका-५ हलेगाभाका ५६ वर्षीय डम्बर बहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको हो ।

भुजेलले अपांगता भएकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको भन्ने जाहेरी आएपछि उनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले बताएका छन् ।

बलिकामाथि जबरजस्ती करणीको कसुरमा भुजेललाई जिल्ला अदालत सिन्धुपाल्चोकबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान कार्य जारी राखेको छ ।