दैलेखमा २ बालबालिका पानी ट्याङ्कीमा डुबेर निधन

दैलेखमा पानी ट्याङ्कीमा डुबेर २ बालबालिकाको मृत्यु भएको छ । दुल्लु नगरपालिका वडा ३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको सोमबार कणर्ाली, कोटाछाल, दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर शाहले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर शाहले भने ‘दिउँसो चार बजे उनीहरु शव फेला परेको भनेर हामीलाई खबर आएको थियो । हामीले मातहतका कार्यालयमा बुझ्दा २ बालबालिकाको मृत्यु भएको भनि पुष्टी समेत भएको छ ।’