रौतहटको कटहरिया बजार आउँदै गरेको बस दुर्घटना हुँदा ३१ जना यात्रु घाइते

काठमाडौँबाट रौतहटको कटहरिया बजार आउँदै गरेको बस दुर्घटना हुँदा ३१ जना यात्रु घाइते भएका छन् ।

प्रदेश ३-०१-००५ ख ९७२९ नम्बरको मां गीता डिलक्स रात्रि सेवा बस आज बिहान करिब २ बजेतिर पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका ६ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

दुर्घटनामा परी ३१ जना घाइते भएका छन् भने ७ गम्भीर अवस्थामा रहेका छन् ।उनीहरुलाई उपचारको लागि काठमाडौं स्थित ट्रमा सेन्टरमा लगीएको कटहरिया टिकट काउन्टरका ईन्चार्ज बसरुदिन अन्सारिले जानकारी दिएका छन् ।

अन्य घाइतेको गल्छी र आदमघाट अस्पतालमा उपचार भइरहेको प्रहरीले बताउको छ । काठमाडौँबाट ग्रामीण बजार कटहरिया सम्म चल्ने उक्त बसमा अधिकांश यात्रु कटहरिया, देवाही गोनाही र मौलापुर नगरपालिकाको विभिन्न वडामा रहेको तथा घाइतेको नाम खुल्न नसकेको अन्सारीले बताएका छन् ।