पोखरामा चनियाँ नागरिकसहित चार जना स्रोत नखुलेको करिब ४६ लाख रकमसहित प्रक्राउ

पोखराको भर्जु ईन होटेलमा प्रहरीको छापा : चिनियाँ नागरिकसहित चार जना स्रोत नखुलेको करिब ४६ लाख रकमसहित प्रक्राउ भएका छन् ।

काठमाडौं : पोखरा महानगरपालिका-१७ ड्यामसाइटस्थित भर्जु ईन होटेलबाट स्रोत नखुलेको रकमसहित प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

बिहीवार दिउँसो ४५ लाख ९७ हजार १ सय ८० रुपैयाँ नगदसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका-७ घर भएका २३ वर्षीय सुमन तामाङ र चिनियाँ नागरिक यीन यिङ्बोसहित ४ जना छन् ।

होटेलमा सुमनको नाममा दर्ता भएको डाईमण्ड टेक्नोलोजी प्रालि सञ्चालन भएकोमा स्रोत नखुलेको नगद राखेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले तलासी गर्दा होटेलको कोठा नम्बर ४०८ बाट उक्त नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले होटेलबाट उनीहरूको साथमा रहेको ४ थान मोबाइल फोन, विभिन्न कम्पनीका ९७ थान ल्यापटप, ९ थान डेक्सटप र विभिन्न कम्पनीका अन्य २ सय २८ थान मोबाइल फोन समेत बरामद गरीएको छ । उक्त घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।