काठमाडौं महानगरपालिका-३ चप्पल कारखाना नजिक टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं महानगरपालिका-३ चप्पल कारखाना नजिकै गए राती टिपरको ठक्करबाट अन्दाजी ३० बर्षीय पैदलयात्रीको निधन भएको छ । मृत्यु हुने व्यक्तिको सनाखत भने अझै भएको छैन् ।

महाराजगन्ज चोकबाट धुम्बाराही तर्फ जाँदै गरेको बा २ क ८८७१ नम्बरको टिपरले गएराती पौने ११ बजे पैदलयात्रीलाई ठक्कर दिएको हो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत्यु भएको घोषणा गरीदिएका थिए । टिपरसहित चालकलाई प्रहरी वृत्त महाराजगन्जले नियन्त्रणमा राख्यको छ ।