वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारी निलम्बित

६ असार, काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको श्रोतले जनाएको छ । निगमका पूर्वकर्मचारी अधिकारी गत कात्तिकमा अध्यक्ष नियुक्त भएका थिए । पछिल्लो समय उनको र पर्यटनमन्त्री प्रेमबहादुर आलेको सम्बन्ध राम्रो थिएन । आलेले अधिकारीलाई अश्लिल शब्दले गाली […]

बाफलमा २० वर्षीय बिद्यार्थीमाथि चक्कु प्रहार

६ असार, काठमाडौं । काठमाडौं नागर्जुन नगरपालिकाको बाफलमा एकजना विद्यार्थीमाथि चक्कु प्रहार गरिएको छ । कक्षा ११ मा पढ्ने २० वर्षीय अमन खानलाई दुईजनाले चक्कु प्रहार गरेका हुन् । वृत्त, कालिमाटीका डीएसपी अनिल घिमिरेले उनले आफूमाथि चक्कु प्रहार भएको भन्दै प्रहरी वृत्त, कालिमाटीमा ठाडो निवेदन दिएको प्रहरी बताए । प्रहरीका अनुसार खानलाई कालिमाटीको माछाबजारमा धनुषा […]

आइतबार विदा गर्दा पेट्रोल खपत ११ प्रतिशतले घटेको आयल निगमको दाबि

६ असार, काठमाडौं । नेपाल आयल निगमले आइतबार विदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घटेको बताएको छ । सोमबार इन्धनको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले वैशाख महिनामा भन्दा जेठ महिनामा पेट्रोलको खपत ११ प्रतिशतले घटेको बताएका हुन् । उनका अनुसार चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर थियो, वैशाखमा बढेर […]

सरकारी कार्यालयमा नेपाली बिस्कुटको प्रयोग गरौ – अर्थमन्त्री शर्मा

अर्थमन्त्री शर्माले देशमा साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसकिने भएकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम देशको उत्पादनलाई प्राथमिकता दिने गरेर आएको दाबीसमेत गरे ।

प्रधानमन्त्री देउवालाई सुत्ने उठ्ने बेला सम्म फुर्सद छैन – आरजु राणा देउवा

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले प्रधानमन्त्रीलाई उठेदेखि सुत्नेबेलासम्म फुर्सद नभएको बताएकी छ्न् । सोमबार पोखरामा नेपाल तरूण दलले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी आरजुले प्रधानमन्त्री हुन पनि गाह्रो हुने बताउँदै प्रधानमन्त्री देउवालाई सुत्ने बेलादेखी उठ्ने बेलासम्म पनि फुर्सद नभएको बताएकी हुन् । ‘उहाँ (शेरबहादुर देउवा) पाँच पटक सत्ता सम्हालिसक्नुभयो । […]

मेयर बालेनलाई आरजुको प्रश्न- रूटिन अफ नेपाल बन्दलाई कतिमा किन्नु भयो ?

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रूटिन अफ नेपाल बन्दलाई पैसा तिरेर चुनावी प्रचार गरेको बताएकी छ्न् । बालेनले रूटिन अफ नेपाल बन्दलाई कन्सल्टेन्सीका रूपमा प्रयोग गरेको आरजुले दाबि गरेकी हुन् । सोमबार पोखरामा नेपाल तरूण दलले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी आरजुले स्वतन्त्रहरूले एउटा-एउटा गुण […]

मूल्यवृद्धि पछि पनि निगम मासिक ४ अर्ब ७० करोड घाटामा

काठमाडौँ । गएराति १२ बजेदेखि इन्धनको मूल्यमा भारी वृद्धि गरेको नेपाल आयल निगमले अझै पनि ठूलो घाटा रहेको जनाएको छ । बढेको मूल्यअनुसार पनि निगमले आउँदो एक महिनामा कुल ४ अर्ब ७० करोड नोक्सानी रहने अनुमान गरेको छ । यो मध्ये खाना पकाउने एलपी ग्यासबाट सबैभन्दा धेरै २ अर्ब २८ करोड नोक्सानी पर्ने निगमले विज्ञप्तिमार्फत […]

काठमाडौं महानगरपालिका-३ चप्पल कारखाना नजिक टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं महानगरपालिका-३ चप्पल कारखाना नजिकै गए राती टिपरको ठक्करबाट अन्दाजी ३० बर्षीय पैदलयात्रीको निधन भएको छ । मृत्यु हुने व्यक्तिको सनाखत भने अझै भएको छैन् । महाराजगन्ज चोकबाट धुम्बाराही तर्फ जाँदै गरेको बा २ क ८८७१ नम्बरको टिपरले गएराती पौने ११ बजे पैदलयात्रीलाई ठक्कर दिएको हो । टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई महाराजगन्ज स्थित […]

अखिल क्रान्तिकारीका उपाध्यक्ष कार्कीसहित ९ जना निलम्बनमा

नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीसहित ९ जनालाई निलम्बन गरेको छ । आइतबार बसेको अखिल क्रान्तिकारीको बैठकले उनीहरूलाई निलम्बन गरेको हो । अखिल क्रान्तिकारीको आइतबारको बैठकमा कुटाकुट भएको थियो । कारवाही संगठनविरोधी गतिविधि गरेकाले अनिश्चितकालका लागि निलम्बन गरिएको अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले बताए । तीनकुनेस्थित एक ब्याङ्क्वेटमा भएको बैठकमा […]