धादिङको बेनिघाट रोराङमा बुधबार साँझ सुख्खा पहिरोमा परी एक जनाको मृत्यु

धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० तिग्राङखानी स्थित सडकमा बुधबार साँझ सुख्खा पहिरोमा परी एक जनाको निधन भएको छ ।

निधन हुनेमा चितवन ईच्छाकामना गाउँपालिका-४ बस्ने २० वर्षीय सिद्धान्त थापा हुन् । ढुंगा सहितको सुख्खा पहिरो खसेरको कारण प्र।३-०३-००१ ज ००३३ नम्बरको गाडीमा लाग्दा उनको मृत्यु भएको हो ।

गाडीमा पहिरो खस्दा गम्भीर घाइते रहेका उनको स्थानीय मलेखु राजमार्ग अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।

गाडी चालक प्रहरीको नियन्त्रणमा रहेको छ । अविरल वर्षाको कारण बुधबार बेलुका कालिकोट खाँडचक्र नगरपालिका-२ स्थित सिमलधारा खोलामा आएको बाढीमा डुबेर सोही ठाउँ बस्ने ४५ वर्षीय खड्क वि क को निधन भएको हो ।

खोला तर्ने क्रममा वि क र उनकै श्रीमतीलाई बगाएको हो । उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कालिकोटबाट खटिएको प्रहरीले वि क की श्रीमतीलाई घाइते अवस्था उद्दार गरेको हो । बेपत्ता भएको बि क लाई प्रहरीले खोजी गर्ने क्रममा शव भेटिएको हो ।