पाल्पाको रानीमहलमा र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा ६ जना बेपत्ता

पाल्पा | कालीगण्डकी नदीअन्तर्गत पाल्पाको पर्यटकीय स्थल रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गरिरहेको डुंगा पल्टिँदा त्यसमा सवार ६ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रानीमहल घुम्न गएका पर्यटक रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।र्‍याफ्टिङ गर्नेहरू भारतीय पर्यटक रहेको समेत उनले जानकारी दिए । रानीमहल क्षेत्रमा रानीमहल तेजकुमारी बिच क्याम्पबाट डुंगा सञ्चालन भएको […]

करको दरहरु कायम गर्दा कुनै राष्ट्रघात गरेको छैन – अर्थमन्त्री शर्मा

२ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले करको दरहरु कायम गर्दा कुनै राष्ट्रघात नगरिएको दावी गरेका छन् । बिहीबार संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले भने, ‘राजस्वसम्बन्धी समिति बनाएका करका दररेटहरुप्रति म पूर्ण जिम्मेजार छु, जवाफदेही छु, त्यसमा कतै राष्ट्रघात, गद्दारी भएको छ भने त्यसको म पूर्ण जिम्मेवारी लिन्छु, किनकी यहाँ कुनै राष्ट्रघात […]

निहारिका र उनको छोरालाई ‘एडप्ट’ गर्न चाहन्छ : करिश्मा मानन्धर

२ असार, काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले वसन्तपुरमा अनसनमा रहेकी निहारिका राजपुत र उनको छोरालाई ‘एडप्ट’ गर्न बताईकी छ्न् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले बलात्कारपछि जन्मिएका निहारिकाका २१ महिने छोरालाई आफूसँगै राख्न चाहेको उल्लेख गरेकी हुन् । करिश्माले निहारिकाको अवस्था देखेर आफू विक्षिप्त भएको र उनी अनसनरत स्थानमा जान समेत आँट नआएको स्रोतलाई […]

संसद छलेका प्रधानमन्त्री देउवा एनआरएनएको​ कार्यक्रममा तिर

प्रतिनिधिसभा बैठकमा उपस्थित नभएका प्रधानमन्त्री देउवा गैर आवासीय नेपालीको संस्था एनआरएनएको कार्यक्रममा सहभागी भएका छन् । बिहिबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षमा लागि विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलमा भाग नलिई देउवा सो कार्यक्रममा सहभागी भएका हुन् । प्रधानमन्त्री देउवाले बोल्नुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नीति कार्यक्रम तथा बजेटमाथि गृहमन्त्री बालकृष्ण खाणले बोलेका छन् । आफ्नो मन्त्रालयगत […]

‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाएर चर्चित रवि लामिछान छाडे टेलिभिजन,अब राजनीतिमा होमिने

टेलिभिजन प्रस्तोता रवि लामिछाने राजनीतिमा आउने भएका छन् । राजनीतिमा होमिने लक्ष्यका साथ उनले हाल कार्यरत ग्यालेक्सी टेलिभिजन छाडेका हुन्। लामिछानेलाई ग्यालेक्सी टेलिभिजनका कर्मचारीहरुले बिहीबारै नै बिदाइ गरीसकेका छन् । उनले आगामी कात्र्तिक वा मंसिरमा हुने संघीय निर्वाचनमा उम्मेदवारी दिने लक्ष्यका साथ आफुले ग्यालेक्सी टिभी छोडेको बताएका छन् । उनले आफु कहाँबाट चुनाव लड्ने भन्नेबारे […]

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक बहिस्कार

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक बहिस्कार भएको छ । अर्थमन्त्री जनार्दन शर्माले करको दायरा हेरफेरमा चलखेल गरेको आरोप लगाउँदै नेकपा एमालेले संसद बहस्किार गरीएको छ । प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक वशिाल भट्टराई अर्थमन्त्री शर्मा माथिखनिएका छन् । संसदमा बोल्दै उनले ककगद्दार’ भनेपछि सभामुख अग्न प्रिसाद सापकोटाले सो शब्द रेकर्डबाट हटाई सकेको […]

धादिङको बेनिघाट रोराङमा बुधबार साँझ सुख्खा पहिरोमा परी एक जनाको मृत्यु

धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० तिग्राङखानी स्थित सडकमा बुधबार साँझ सुख्खा पहिरोमा परी एक जनाको निधन भएको छ । निधन हुनेमा चितवन ईच्छाकामना गाउँपालिका-४ बस्ने २० वर्षीय सिद्धान्त थापा हुन् । ढुंगा सहितको सुख्खा पहिरो खसेरको कारण प्र।३-०३-००१ ज ००३३ नम्बरको गाडीमा लाग्दा उनको मृत्यु भएको हो । गाडीमा पहिरो खस्दा गम्भीर घाइते रहेका उनको स्थानीय […]

रुपन्देहीमा वर्षीया बालिका आफ्नै साहुबाट बलात्कृत

रूपन्देहीमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सैनामैना नगरपालिका–३ मुर्गिया बस्ने ६० वर्षीय मइते थापालाई बुधबार पक्राउ गरेको हो । आफ्नै पसलमा काम गर्ने ती बालिकालाई थापाले लामो समयदेखि बलात्कार गर्दै आएको बताएको छ । ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले […]

मान्छेको पुर्खा माछा भएको वैज्ञानिकको दाबी

करिब एक शताब्दीभन्दा पनि अगाडि स्कटल्याण्डको खानीबाट अनौठो जिवाश्म उत्खनन गरिएको रहेछ । उक्त अवशेष दाँत नभएको इल माछा जस्तै कुनै जीवको थियो । वैज्ञानिकहरूले उक्त जीवलाई प्यालियोस्पोन्डीलस गुन्नी नाम दिएका थिए । त्यसको १ सय ३० वर्षपछि हाइ रिजोलुसन इमेजिङको प्रयोग गरी शोधकर्ताहरुले अन्ततः सोही रहस्यमय माछा नै मानिसको सबैभन्दा पूरानो पुर्खामध्ये एक रहेको […]

मुग्लिन सडकखण्डमा पुलबाट खस्यो टिपर, चालकको मृत्यु

तनहुँको आँबुखैरेनी-मुग्लिन सडकखण्डमा पुलबाट टिपर खोलामा खस्दा एक जनाको मृत्यु भएको छ। मर्स्याङ्दी जलविद्युतको पावर हाउस नजिकै पृथ्वी राजमार्गअन्तर्गत सडक पुलबाट टिपर आज बिहान खोलामा खसेको थियो । आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ रूवाखोलाको पुलबाट टिपर खोलामा खस्दा चालक तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ६ का करिब ४७ वर्षका रामबहादुर दमैको मृत्यु भएको जिल्ला प्रहरी […]