गुराँस गाउँपालिकामा काँग्रेस कार्यकर्ता द्वारा एमाले उम्मेदवारमाथि आक्रमण

दैलेख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट दैलेखको गुराँस गाउँपालिकामा अध्यक्षका उम्मेद्वार टोपबहादुर बिसी र उनिलगायतको टोलीमाथि नेपाली काँग्रेसका कार्यकर्ताले निर्मम आक्रमण गरेका छन् ।

वडानम्बर ७ मा आयोजित चुनावी सभालाई सम्बोधन गरि अध्यक्ष लगायतको टोली फिर्ता हुने क्रममा ओखरेनी नजिक काँग्रेस कार्यकर्ताले गौडो छेकेर आक्रमण गरेको स्थानियले बताएका छन् ।

एमालेका उम्मेद्वार बिसी, उहाँकी श्रीमति, छोरा चढेको कर्णाली प्रदेश ०३७१ नम्बरको गाडिमाथी आइतबार राती करिव ७ः०० बजेतिर आक्रमण गरिएको थियो ।

आक्रमणबाट उम्मेद्वार बिसीलगायतलाई चोटपटक लागेको छ भने धेरै अन्य जिन्सी सामान लुटपाटसमेत भएको प्रत्येक्षदर्शीले बताएका छन् । काँग्रेसको कार्यकर्ताले आक्रमण गरेको पुष्टि हुने भिडियो र अडियो रेकर्डहरू प्रहरी समक्ष पेश गरिएको अध्यक्ष बिसीले जानकारी दिएका छन् ।

उम्मेद्वारसँगै रिपोटिगं सकेर सोही गाडीमार्फत कोठामा जाँदैगरेका पत्रकार खगेन्द्र मल्लले अध्यक्ष लगायतलाइ व्यापक लछारपछार र आक्रमण गरेकाे बताएका छन् । उनिहरुसंग भएका सामानहरु घडि, सिक्री, बाला, मोबाइल सहित आफुसंग भएको संचार सामग्री लुटपाट भएको शाहीले बताएका छन् ।