राती सुत्नु अघि गर्न नहुने यस्ता गल्तीहरु हेर्नुहाेस

दिउँसो काम गरेर थकित भएर हामी साँझमा सुत्ने कोठामा जान्छौ । हामीले दिनको २४ घण्टा मध्ये करिब ७ घण्टा विताउछौँ । यो महत्वपुर्ण स्थललाई हाम्रा स साना गल्तीले गर्दा आरामदायी निन्द्रा विग्रन्छ ।

राती सुत्ने समयमा गर्न नहुने काम बारे चर्चा गर्ने छौं ।

१ सुत्ने बेलामा धुम्रपान गर्ने बानी छ भने आजै देखि छोड्नुस् । यसले तपाइलाई निद्रा नलाग्ने समस्या हुन सक्छ ।

२ सुत्ने समयमा रक्सी पिउने आदत छ भने पनि खराव हो । यसले तपाइँको निद्रा खराव हुन्छ र विहान पनि ह्याङओभरको समस्या हुन्छ ।

३ अनिद्राको कारण हाम्रो चिया कफीमा पाइने क्याफिन पनि हो । सुत्ने बेलामा कफी वा चिया खाने बानी छ भने आजै देखि छोड्नुस् ।

४ गुलियो खाएर सुत्ने बानी छ भने त्यो पनि राम्रो होइन । सुत्ने बेलामा चिनी हालेको खाद्य पदार्थ सके सम्म नखाएकै राम्रो ।

५ सुत्न जानु अघि मसलेदार खाना पनि नखाएको राम्रो हुन्छ । यसले तपाइँको निद्रा विथोलिदिन्छ ।

६ सुत्नु अघि तरल पदार्थको सेवन पनि नराम्रो मानिन्छ । यसले तपाइँलाई बारम्बार बाथरुम जानु पर्छ र निद्रा विथोलिन्छ ।

७ विहान ढिलो उठ्नु छ भन्दैमा राति सम्म टिभी हेरेर बस्ने बानी पनि खराव छ । यसले स्वास्थ्य र निद्रा दुवैमा प्रतिकुल असर गर्छ ।

८ राति सुत्नु अघि अफिसको काम बारे नसोंच्नुस् । यसो गर्दा तनावले निद्रा नलाग्ने समस्या हुन सक्छ ।

हामीले दैनिक जिवनमा उल्लेखित कुराहरुमा ध्यान दिन जरुरी छ । यदि निन्द्रा विग्रियो भने भोलीपल्टको दिन अस्वस्थ भएर दैनिक कामकाज गर्न गार्हो हुन्छ ।