वीरेन्द्रनगरस्थित मालपोत कार्यलयको स्टोरमा आगलागी

सुर्खेतको वीरेन्द्रनगरमा रहेको मालपोत कार्यालयको स्टोरमा आगलागी भएको छ । कार्यालयमा शनिवार दिउँसो सवा एक बजेतिर आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्र वीर विश्वकर्माका अनुसार कार्यालयको स्टोर कोठामा एक्काशी आगो लागेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र वीरेन्द्रनगर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हाे ।

उनकाअनुसार आगलागी हुने वित्तिकै थाहा पाएपछि दमकलको सहायहताले आगो पूणर् रुपमा नियन्त्रणमा आएको छ । आगलागीबाट स्टोर कोठामा रहेका पुराना जिन्सी सामग्रीहरुमा क्षती पुगेको छ । स्टोरमा रहेका दराज थान, एक मोटसाईकल, दुई ओटा जेनेरेटर, कुर्सी १० वटा, टेवुल एक, सिपिउ पुरानो ६ ओटा र एक दर्जन प्लास्टिक कुर्सी जलेको प्रवक्ता विश्वकर्माले बताए । आगो समयमै नियन्त्रणमा लिएकाले कार्यालयका अन्य कोठाहरुमा थप क्षती हुनबाट जोगाएको प्रहरीले जनाएको छ ।