तुर्माखाद गाउँपालिका अध्यक्षमा एमालेका उमेदवार डम्बर बिसीः भन्छन जित्ने पक्का भै सकेको छ

देशै भर चुनावी माहौल तात्तीरहेका बेला अछामको तुर्माखाद गाउँपालिकामा नेकपा एमालेका उमेदवारहरुले सहज जित निकाल्ने दावी गरेका छन । ८ ओटा वडा रहेको गाउँपालिकामा अघिल्लो निर्वाचनमा एमालेले ४ वटा वडा जितेको थियो भने नेपाली काग्रेसले ३ ओटा र नेकपा माओवादीले १ ओटा वडा जितेको थियो । नेकपा एमालेका तर्फबाट अध्यक्षको उमेदवार बनेका डम्बर बिसी भन्छन […]

मकवानपुरको बकैयामा कांग्रेस-माओवादी कार्यकर्ताबीच कुटाकुट, दुई जना घाइते

मकवानपुरको बकैया गाउँपालिका-७ कत्लेखोलामा चुनावी माहोलको विषयमा गठबन्धन दलका कार्यकर्ताबीच कुटाकुट हुँदा दुई जना घाइते भएका छन् । चुनावी माहोलको विषयमा लफडा हुँदा नेपाली कांग्रेस निकट रामबहादुर राईले २०-२५ जना कार्यकर्ताहरुलाई परिचालन गरि माओवादी केन्द्रका कत्लेखोला टोल कमिटी अध्यक्ष विष्णु राई र राप्रपा गाउँ कमिटी उपाध्यक्ष हरि राईलाई निर्घात कुटपिट गरेको माओवादी केन्द्र मकवानपुरकी नेतृ […]

जिल्ला प्रशासन दाङले चार दिन सेवा बन्द गर्ने

दाङ,जिल्ला प्रशासन कार्यालय दाङले स्थानीय तह निर्वाचनलाई लक्षित गरी चार दिनका लागि विभिन्न सेवाहरु बन्द गरेको जानकारी गराएकाे छ । प्रशासन कार्यालयका कर्मचारीहरु विभिन्न मतदान केन्द्रमा खट्नुपर्ने भएकाले नागरिकताको प्रमाणपत्र, नाबालक परिचयपत्र, राहदानी लगायत अन्य सिफारिस सम्बन्धी सेवाहरु वैशाख २६ देखि २९ गतेसम्म स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिएकी छन् ।

सिरहामा वडा सदस्यका उम्मेदवारको मृत्यु भएपछी श्रीमतीले दिइन् उम्मेदवारी

नेकपा एमालेबाट सिरहा नगरपालिका-५ का वडा सदस्यका उम्मेदवार ६५ वर्षीय मुना सेखको मृत्यु भएको छ । आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको कालगतिले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जनकारी दिएका छन् । उनको मृत्युपछि उनकै श्रीमती रहमान खातुनले उम्मेदवारी दिएकी छिन् । […]

गठबन्धनमा पाँचवटा बाँदर छन्, मतपेटिका खोस्न सक्छन् सतर्क हुन जरुरी छः अध्यक्ष ओली

काठमाडौँ —पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाँचदलीय गठबन्धनलाई पशुपतिमा भएका बाँदरसँग दाँजेर मतपेटिका लुट्न सक्ने आरोप समेत लगाएका छन् । पशुपतिमा फूलपाती लिएर गयौँ भने जसरी फूलपातीको टोकरी बाँदरले खोसेर लान खोजछन्,’ उनले भने, ‘त्यहाँ त एउटा बाँदरले मात्र आउँछ भने यहाँ त पाँचवटा बाँदर छन् । हामी सतर्क हुन जरुरी छ […]

आज सुदूरपश्चिमको धनगढीमा गठबन्धनको चुनावी सभा: देउवा र प्रचण्डले सम्बोधन गर्ने

आज सुदूरपश्चिमको धनगढीमा रङ्गशालामा विहान ११ बजे देखी चुनावी आमसभा हुँदै छ । यस गठबन्धनमा शीर्ष नेता प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार नै धनगढी आई पुगिसकेका छन् । देउवा आइतबार साँझ धनगढीस्थित आफ्नै निवासमा बाँस बसेका थिए भने प्रचण्ड धनगढीको रुबस होटेलमा बास बसेका थिए । काँग्रेसका […]

गुराँस गाउँपालिकामा काँग्रेस कार्यकर्ता द्वारा एमाले उम्मेदवारमाथि आक्रमण

दैलेख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट दैलेखको गुराँस गाउँपालिकामा अध्यक्षका उम्मेद्वार टोपबहादुर बिसी र उनिलगायतको टोलीमाथि नेपाली काँग्रेसका कार्यकर्ताले निर्मम आक्रमण गरेका छन् । वडानम्बर ७ मा आयोजित चुनावी सभालाई सम्बोधन गरि अध्यक्ष लगायतको टोली फिर्ता हुने क्रममा ओखरेनी नजिक काँग्रेस कार्यकर्ताले गौडो छेकेर आक्रमण गरेको स्थानियले बताएका छन् । एमालेका उम्मेद्वार बिसी, […]

काँग्रेसले काउन्टर दिन पत्रकार सम्मेलन गर्न लागेकाे ओलीको आरोप

नेपाली काँग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएका आरोपको काउन्टर दिन आज सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनकाे कार्यक्रम गर्ने लगीएकाे ओलीले आरोप लगाएका छन् । आइतबार काँग्रेसले पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले ६७ बुँदे लिखित धारणामार्फत काँग्रेसमाथि गम्भीर आरोप लगाएका छन् । काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आज बिहान ११ बजे […]