हेटौंडामा एक जना युवकमाथि खुकुरी प्रहार

आज बिहान हेटौँडामा एक युवक माथि खुकुरी प्रहार भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१६ महेन्द्रनगर बस्ने बर्ष १९ को आयुष कुँवरमाथि खुकुरी प्रहार भएको जनाएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नं. ३ बसामाडी घर भई हाल हेटौँडा-११ थानाभर्‍याङ डेरा गरी बस्ने बर्ष २० को समिर थिङ र १८ बर्षीय पञ्च बहादुर तामाङले कुँवरमाथि खुकुरी प्रहार गरेका हुन् ।

प्रहरीका अनुसार खुकुरी प्रहारबाट कुँवरलाई उपचारको लागि हेटौँडा अस्पतालमा पठाईएको थियो । भने उनलाई गहिरो चोटका कारण उपचार संभव नभएपछि शनिबार बिहान चुरेहिल अस्पतालमा रिफर गरिएको जनाएको छ । प्रहरीले घटनामा संलग्न दुबै जनालाई खुकुरी सहित नियन्त्रणमा लिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले कारवाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।